१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

माधव नेपाल भन्छन्- ‘समाजवादी मोर्चाप्रति देउवा खुसी हुनुहुन्छ’



रौतहट । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको बताएका छन् ।

गृहजिल्ला रौतहट आएका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार सुरु भएको १२औं नगर सभाको उद्घाटन समारोहमा बोल्दै समाजवादी मोर्चा देखेर देउवा खुसी भएको प्रतिक्रिया दिएका हुन् ।

कांग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुठो समाचार आएको उनको भनाइ छ ।‘बाहिर मिडियामा झुठो प्रचार गरियो । सिँगापुर पुगेर देउवाले मोर्चा गठनको विरोध गरे भनेर प्रचार गरियो । यो सरासर गलत हो,’ उनले भने ।

यस क्रममा अध्यक्ष नेपालले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने भन्दै देउवाले सुझाव दिएको पनि बताए । मोर्चा गठनले केहीको ‘निद हराम’ भएको र केहीलाई हैरान गरेको पनि उनको जिकिर छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ४० बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र