६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

भन्सार कडाईको माग गर्ने ब्यापारी आफै मगाउँछन् बिना भन्सारको सामान

एकैदिन साढे ३ लाख बढीको सामान बरामद



बुटवल । नेपाल भारत सीमाको भैरहवा भन्सार कार्यालयको मुल ढोकामा सर्वसाधारणले भारतबाट ल्याउने हरेक १ सय रुपैयाँ बढीको सामानको भन्सार तिर्न अनिवार्य गरिएपनि अन्य नाकाहरुबाट अबैध सामान भित्रिने क्रम भने रोकिएको छैन । भन्सारको मुल ढोमा कडाई गरेपनि अन्य सीमानाकाको बेवास्ता गरिएपछि हरेक दिन लाखौंको सामान बिना भन्सार भित्रिने गरेको छ ।

त्यसरी भारतबाट भन्सार छलेर ल्याइएका सामान यदाकदा प्रहरीले बरामद गरेपनि अधिकांस सामान भन्सार कडा गर्नु पर्ने माग गर्ने व्यवसायीले नै किनिदिने गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी शनिबार राती मायादेवी गाउँपालिका ५ मोतिपुरबाट साढे तीन लाख बढीको व्यवसायिक प्रयोजनका समानहरु बरामद गरेको छ ।

रुपन्देही कोटहीमाई गाँउपालिका ३ का सैलेश कोईरीले चलाएको युपी ५६ के ५९९० नम्बरको मोटरसाइकल र करण भरले चलाएको लु २९ प २९६७ नम्बरको मोटरसाइकलमा अवैधरुपमा भारत बाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा सो सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरीले ती २ जनाबाट मोजा ३६०० जोर, सेन्डो भेष्ट ३०० पिस, लेगिज १७५ पिस,सुट २१२ पिस, थानको कपडा (४ रोल) र बलाउज २५ पिस बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद सामाग्री र मोटरसाइकल समेत गरि अन्दाजी ३ लाख ६९ हजार ५५० वरावरको मुल्यांकन गरी आवश्यक कावाहीको लागी वरामद सामान, मोटरसाइकल र पक्राउ परेको २ जना समेतलाई भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १० : ०९ बजे

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक