२३ भदौ २०८३, मंगलबार | September 8, 2026

भैरहवा भन्सारमा प्लास्टिकको दानाको बिजकबाट भित्राईँदै गरेको २ करोड बढीको कपडा, काजु र किसमिस बरामद



बुटवल । भैरहवा भन्सार कार्यालयबाट प्लाष्टिकका दानाको बिजकबाट नेपाल भित्र्याउन लागिएको दुईवटा ट्रकमा ठुलो परिमाणमा कपडा, काजु, किसमिसलगायत सामान फेला परेको छ । भारतीय कस्टमबाट प्लाष्टिकका दानाको बिजक ईन्ट्रि गरेर भैरहवा भन्सार कार्यालय परिषरमा प्रवेश गरेको दईवटा ट्रकमा कपडा, काजु र किसमिस लगायतको सामान फेला परेको हो ।

भारतबाट प्लाष्टिकका दानाको बिजक पेश गरेर भन्सार गर्ने प्रक्रियामा दुईवटा ट्रक चेक जाँच गर्दा कपडा, काजु, किसमिसलगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले जानकारी दिए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनिए पनि भौतिक चेकजाँचका क्रममा दुईवटै ट्रकमा ठूलो परिमाणमा कपडा, काजु, किसमिस लगायतका खाद्य सामग्री फेला परेको उनले बताए ।

ना ५ ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परिषरबाटै नियन्त्रणमा लिई चेकजांच गरिएको भन्सार कार्यालयले जनाएको छ । ट्रक नियन्त्रणमा लिँदा ट्रकमा चालक र सहचालक नभेटिएको भन्सार प्रमुख पौडेलले बताए ।

जयमा ट्रेडर्स र चितवन ह्याचरीको नाममा बिजक बनाएर भन्सारमा प्रवेश गराईएपनि ति र्फमहरु एक्टिभ नभएको पौडेलले बताए । तस्करहरुले निश्क्रिय अवस्थामा रहेका फर्मको नाम प्रयोग गरेर सामान भित्राउन खोजेको देखिन्छ, भन्सार प्रमुख पौडेलले भने ।

शुक्रबार गरिएको प्रारम्भिक जाँचका क्रममा नियन्त्रणमा लिइएका दुईवटा ट्रकमा करिब २ करोड बराबरको रहेको अनुमान गरिएको छ । ठुलो परिमाणमा कपडा र त्यससँगै काजु, किसमिस र अन्य खाद्य सामाग्रीहरु रहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ३ : १२ बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास