१७ श्रावण २०८३, आइतबार | August 2, 2026

राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले गर्यो वृक्षारोपण



बुटवल । राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा तिलोत्तमा ७ हरैया पार्कमा वृक्षरोपण गरेको छ ।

मदन जयन्ती अवसरमा युवा सघं नेपालले साप्ताहिक रुपमा विभिन्न खालका रचनात्मक कार्यक्रम गदै आएको छ । पार्कलाई हरियाली बनाउने उद्वेश्यले विभिन्न प्रजातिका करिब २ सय ५० वटा फलफुलका बिरुवा रोपिएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल रुपन्देही अध्यक्ष विकास बस्नेतले मदन जयन्तीको अवसर पारेर धान रोपाई, प्रदेश पार्टी कार्यालयमा रङरोगन, सरसफाई र वृक्षरोपण गरिएको बताए ।

मुस्लिम समूदायका विद्यार्थीले पढ्ने विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने र तिलोत्तमाको टिपुलीगढमा रहेको सुधार गृहमा खेलकुदंका सामाग्री वितरण गर्ने कार्यक्रम रहेको बताए ।

उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले रुपन्देही सचिव यज्ञ गैरेले मदन जयन्तीको अवसरमा वृक्षरोपण रोपण गरेर पार्कलार्ई हरियाली बनाउने काम महत्वपूर्ण रहेको बताए । बिरुवा रोपेर मात्रै नहुने बताउंदै उनले बिरुवाको रेखदेख र संरक्षण गर्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य मनोज गौचन, बुद्धि राज थापा, श्रद्धा कुवर, नेकपा एमाले जिल्ला सदस्य तथा युवा ईन्चार्ज नकुल शाही, एमाले रुपन्देही क्षेत्र न १ अध्यक्ष बेद गिरी, जिल्ला, सदस्य सागर माली, तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, सचिब मिनप्रसाद पोखरेल, राष्ट्रिय युवा संघ नेपाल रुपन्देही उपाध्यक्ष दिपक खड्गी, जिल्ला सदस्य संजय माली लगायतले बोलेका थिए ।

कार्यक्रम राट्रिय युवा सघ नेपाल रुपन्देही क्षेत्र न १ का सयोजक विपिन विकको अध्यक्षता, सचिव गणेश न्यौपाने सन्चालन र सह संयोजक मिन गाहाको स्वागत मन्तव्यमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ३ : ३३ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको