२४ मंसिर २०८२, बुधबार | December 10, 2025

लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन



बुटवल । सरकार र प्रमुख प्रतिपक्षबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन ।

प्रमुख प्रतिपिक्षी दल नेकपा (एमाले)लगायत सत्ता पक्षकै केही सदस्यको असन्तुष्टि र विपक्षीको विरोधका कारण आजसम्म पनि बजेटमाथि छलफल हुन नसकेको हो । आजको प्रदेशसभामा पनि प्रमुख विपक्षी दल एमालेका सदस्यहरूको विरोधका कारण बजेटमाथि छलफल अगाडि बढ्न नसकेपछि सोमबारसम्मका लागि स्थगित गरिएको हो । बैठकको सुरुआतमै एमालेका प्रदेशसभा सदस्यहरूले नाराबाजी सुरु गरेका थिए ।

प्रमुख प्रतिपक्ष दलले बजेट संशोधनका बारेमा सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ । विपक्षी दलका प्रदेश सदस्यहरूले उभिएर विरोध जनाएका थिए । विरोधका बीचमा अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेशसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गरे । तर मन्त्री मास्की बोल्दै गर्दा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले वेल घेराउ गरेका थिए ।

प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण आजको प्रदेशसभा बैठक स्थगित गरी सभामुख तुलाराम घर्तीले अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।

एमालेले बजेटमा भएका गलत विषय सच्याउने लिखित माग गरेको प्रमुख सचेतक तुलसी चौधरीले बताए । क्रमागत योजनालाई निरन्तरता, खारेज भएका सात निर्देशनालय यथावत् राख्ने, मुख्यमन्त्री कार्यालयमा विनाशीर्षक राखिएको रु दुई अर्ब रकम सबै निर्वाचन क्षेत्रमा रु ५० लाखका दरले विनियोजन गर्नुपर्ने बजेट आउनुपर्ने एमालेको मुख्य माग रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ३० बजे

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ