११ श्रावण २०८३, सोमबार | July 27, 2026

दुई केजी सुन प्रकरण : बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपति बालाजी सुनचाँदी पसल सिल



बुटवल । रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजादै गर्दा बरामद भएको साढे २ केजी सुन प्रकरणमा बुटवलका २ वटा सुनचाँदी पसलको प्रारम्भिक अनुसन्धानका क्रममा संलग्नता देखिएको छ । बुटवलको अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती बालाजी सुनचाँदी पसलको उक्त सुन प्रकरणमा संलग्नता देखिएको हो ।

१० असारमा लुम्बिनी साँस्कृतिक नगरपालिका-१३ कालिदह नाका हुँदै नेपालबाट भारत तर्फ लैजादै गर्दा सशस्त्र प्रहरीले झण्डै साढे २ केजी सुन बरामद गरेको थियो । सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपती सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

अहिले बालाजी र लक्ष्मीपती बालाजी सुनचाँदी पसललाई सिल गरी अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने खुलाउन नमिल्ने भन्सार कार्यालयका प्रमुख मनिराम अर्यालले बताए । ‘दुवै पसललाई सिल गरी अनुसन्धान भइरहेको छ । यस बारे अरु अहिले बताउँन मिल्दैन । पछि यस बारे जानाकारी आउँछ’ उनले भने ।

सुन सहित पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको र त्यहि अनुसन्धानबाट बालाजी र लक्ष्मीपती बालाजी सुनचाँदी सुनचाँदी पसल पनि संलग्नता देखिएको पसल सिल गरेको उनले बताए ।

शसस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले असार १० गते १ केजी ९६५.३ ग्राम तौल कायम भएको सुन भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो । १ करोड मुल्य बढीको बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने प्रावधान अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको  भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले बताए ।

रुपन्देहीको नेपाल भारत सीमानामा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदहबाट शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन बरामद भएको थियो । भन्सार मुल्यांकन अनुसार १ करोड ८५ लाख ६५ हजार ३५५ मुल्य कायम भएको बरामद सुन, सीमानाका पार गर्न प्रयोग भएको १५ लाख मुल्यको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई शसस्त्रले भैरहवा भन्सारमा बुझाएको थियो ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : ३३ बजे

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले