४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य



काठमाडौं । जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्र्गत आज भएको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डलाई जितका लागि दुई सय ६९ रनको लक्ष्य दिएको छ ।

जिम्बाब्वेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ६८ रनको योगफल बनायो ।

नेपालका लागि गुलशन झाले सवाधिक ५७ रनको योगदान दिए । उनले ४२ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै नेपालका सुरुआती ब्याट्सम्यान अर्जुन साउदले ८४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४४ रन बनाए ।

त्यस्तै सन्दीप लामिछानेले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३२ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन जोडे । भीम सार्कीले २० रन बनाए ।

बलिङतर्फ आयरल्यान्डका मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योङले समान २-२ विकेट झारे भने एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १-१ विकेट लिए । आयरल्याण्ड अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ५ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको