२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तार दुई खण्डमा, तिनाउमा सिग्नेचर ब्रिज



बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नति हुन थालेको छ । विश्व बैंकले बुटवल–गोरुसिङ्गे–चन्द्रौटा ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि रु २७ करोड ५० लाख उपलब्ध गराउने सम्झौतापछि आवश्यक प्रक्रिया सुरु भएको हो ।

सडक विभागका सहसचिव तथा उपमहानिर्देशक डा. विजय जैसीले सडकको ठेक्का प्रक्रियामा जाने तयारी भइरहेको जानकारी दिए । उनले भने, “पुरानो सडक हो यो, यसलाई हामीले दुई खण्डमा विभाजित गरी स्तरोन्नतिको काम अघि बढाउने छौँ ।”

विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ६० वर्षपछि फराकिलो बनाउन थालिएको हो । बुटवलबाट गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी दुई खण्डमा विभाजित गरी स्तरोन्नति हुनेछ ।

उपमहानिर्देशक जैसीका अनुसार बुटवलबाट गोरुसिङ्गेसम्मका लागि केही वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन सम्पन्न भएको थियो । सो खण्डका लागि एक महिनाभित्र बोलपत्र प्रक्रियामा जाने सडक विभागको योजना छ । अर्को गोरुसिङ्गेबाट चन्द्रौटासम्म १९ को डिजाइन गरेर तुरुन्तै काम अगाडि बढाउने योजनामा विभाग रहेको छ । यो सडक तीन वर्षभित्र काम सम्पन्न हुने गरी गरी ठेक्का लगाउने तयारी भइरहेको छ ।

यो सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने ठूला सवारी चलाउनका पनि सहज हुने अपेक्षा गरिएको छ । पछिल्ला दिनमा राजमार्गमा सवारीसाधनको चाप वृद्धि हुन थालेपछि सडक विस्तार गर्न अनिवार्यजस्तै भएको सडक कार्यालय बुटवल प्रमुख इन्जिनियर होमबहादुर एसीले बताए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको स्तरोन्नतिको काम चलिरहेको छ । चाइना स्टेट कम्पनीले विगत तीन वर्षदेखि उक्त खण्डमा सडक विस्तारको काम जारी राखेको छ । बुटवल–चन्द्रौटा सडक विस्तार भएपछि बुटवलमा पुरानो तिनाउ पुलले सवारीसाधनको चाप नथाम्ने आकलन गर्दै सो स्थानमा सिग्नेचर ब्रिज निर्माणको काम पनि अगाडि बढाइने सहसचिव जैसीले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : ३३ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात