२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

हृदयाघातका कारण एकीकृत समाजवादीका पाल्पा अध्यक्ष पाण्डेको निधन



पाल्पा । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को निधन भएको छ।

बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको थियो।

उपचारका लागि तत्काल लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले बताए।

स्वर्गीय पाण्डेको पार्थिव शरीर शनिबार बिहान ८ देखि साढे ८ बजेसम्म तानसेनस्थित टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने छ। उनको अन्त्येष्टि आजै राम्दी घाटमा गरिने परिवारजनले बताएका छन्।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ७ : ५९ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ