८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

साउन महिनाभरिमा लुम्बिनीमा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री चौधरी



नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन महिनामा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।

आज नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा मन्त्रीमण्डलले आकार लिने जानकारी दिए ।

“यतिबेला हामी जनतालाई के दिने भनेर लागिरहेका छौँ, त्यसपछि मन्त्रिमण्डल विस्तारमा लाग्छौँ”, मुख्यमन्त्री चौधरीले भने । उनले प्रदेश सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै दुई लाखलाई रोजगारी दिने र त्यसका लागि रु एक अर्ब छुट्याएको र सङ्घबाट पनि सो अपेक्षा राखेको बताए ।

मुख्यमन्त्री चौधरीले बाँके र बर्दियाको विकासमा खास जोड दिइएको उल्लेख गर्दै बाँकेमा स्थापना भएको लुम्बिनी विश्वविद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने बताए ।

उनले प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढवा दिएको र विभिन्न जिल्लाको विशेषताअनुसार ‘हब’का रूपमा विकासमा जोड दिइएको उल्लेख गरे ।

मुख्यमन्त्री चौधरीले थारू सङ्ग्रहालयका लागि बर्दिया जिल्लालाई छनोट गरेको उल्लेख गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि स्काई ब्रिज बनाउन लागेको पनि बताए । उनले थारू भिलेज होम दाङ र बाँकेमा स्थापना गर्न लागेको जानकारी दिँदै दुई जिल्लालाई थारू ‘हब’का रूपमा विकास गर्ने उल्लेख गरे ।

युनियनका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा सो पत्रकार भेटघाट भएको थियो । यसअघि मुख्यमन्त्री चौधरीले कोहलपुरस्थित नयाँ बसपार्कको उदघाटन गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ७ : ०७ बजे

बाढी बस्तीमा पस्दा बाजुरामा १३ परिवार विस्थापित

काठमाडौं । अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा बाजुराको बडिमालिका

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ