काठमाडौं । एमालेसँग सहकार्य गर्दै संसद अवरुद्ध गर्न साथ दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन दलको बन्धक बनाइएको आरोप लगाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र)को निर्णय अरुले मानिदिनुपर्ने हो ? भन्दै आफूहरुले संसदलाई तीन दलको बन्धक बन्न नदिने बताए ।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफूलाई धारणा राख्ने अवसर नै नदिएको भन्दै उनले एमालेको छायाँमा परेको अनुभव गरेको बताए । यस अघि उनी एमालेकै योजनामा संसद अवरुद्ध गर्न सकियरुपमा प्रस्तुत भएका थिए ।
मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका व्यक्त गरेका उनले तत्काल उक्त विधेयक ल्याउनुपर्ने माग गरे ।



















प्रतिक्रिया