२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

नेपालगन्जमा ‘कोरा’को निरन्तरता, ५ औ संस्करण शनिबार



नेपालगन्ज । साइकलेहरुको महाउत्सवका रूपमा आयोजना गरिदै आएको कोराले नेपालगन्जमा ५ औ संस्करणकारुपमा निरन्तरता पाउने भएको छ । देशभरका प्रमुख शहरहरु सङ्गै शनिबार नेपालगन्जमा ५ औं संस्करणकारुपमा कोरा नेपालगन्जको आयोजना हुने भएको हो ।

नेपालगन्जमा सन् २०१९ बाट नियमित आयोजना गरिदै आएको कोराको यो ५ औं सस्करण भएको नेपालगन्ज साइक्लिङ क्लबले जनाएको छ । काठमाडौ मा पहिलोपटक सन् २०११ बाट कोराको यात्रा शुरु गरिएको थियो ।

कोरा तिब्बती शब्द हो यसको अर्थ परिक्रमा भन्ने बुझिन्छ । साइकल मार्फत आफ्नो रुट भित्र पारेर यहाँ रहेका मन्दिर, गुम्बा , मस्जिद , चर्च , गुरुद्वारा लगायत धार्मिक स्थलको परिक्रमा गर्दै कोरा साइक्लिङ च्यालेन्ज पूरा गरिने गर्दछ । १० किलोमीटर ,२५ किलोमीटर , ५० किलोमीटर र १०० किलोमीटर सम्म आ( आफ्नो रोजाईको दुरिमा यात्रा गर्न सकिने गरि कार्यक्रमको आयोजना गरिएको क्लवले जनाएको छ ।

क्लबले शनिबार बिहान् ६ बजे न्युरोड बौद्ध गुम्बाबाट शुरु गरिने कार्यक्रममा सहभागी हुन बाँकेबासी साइकल प्रेमीहरु लाई साइकल सहित उपस्थितिको लागी आव्हान गरेको छ। कोरा नेपाल बाहेकका देशमा समेत हुँदै आएको छ ।

नेपालगन्जका स्थायी बासिन्दा तथा नेपालगन्ज साइक्लिङ क्लबका शुभेच्छुक पप्पु थापाले सिङ्गापुरबाट नै नेपालगन्ज कोराको सहभागिता जनाउँदै सिङ्गापुरमै साइकल यात्रा गर्न लागेको खबर पठाएका छन् ।

नेपालगन्ज साइक्लिङ क्लबले २०७४ देखी निरन्तर रूपमा विभिन्न साइकलका इभेन्ट तथा प्रतियोगिता आयोजना गर्दै आएको छ । जसमा टुर दि ठाकुरद्वारा, मेयर कप साइकल दौड प्रतियोगिता र कोरा प्रमुख रहेको क्लबका सचीव प्रदीप सापकोटाले बताए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : १३ बजे

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उपसभापति

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । रुपन्देही २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो

भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि

भक्तपुर । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार

चितवन-३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल पछाडि

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा

रुकुमपूर्वमा प्रचण्ड प्रतिस्पर्धीभन्दा तीन गुणा मतले अगाडि

काठमाडौं । रुकुमपूर्वमा मतगणना भैरहेको छ । प्रारम्भिक नतिजाअनुसार नेपाली