११ भदौ २०८३, बिहिबार | August 28, 2026

समयमा नै एमसीसी परियोजना सम्पन्न गर्नुपर्नेमा एमाले अध्यक्ष ओलीको जोड



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरूबीच भएको भेटमा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजनाका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार भेटमा पार्टी अध्यक्ष ओलीले एमसीसी परियोजना समयमा नै सक्नुपर्नेमा जोड दिए । उनले विगतमा एमसीसीका बारेमा धेरै नै उतारचढाव भए पनि अहिले परियोजना कार्यान्वयनको चरण आएको विषयमा ओलीले कुरा राखेको नेता भट्टराईले जानकारी दिए ।

भेटमा सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना पूर्णरूपमा सुरु गर्ने र वरिष्ठ अधिकारी आएर परियोजना पूर्णरूपमा आरम्भ गर्ने बताए । उनले एमसीसी परियोजना अगाडि बढाएकोमा धन्यवाद व्यक्त गरे ।

सहायक विदेशमन्त्री लु एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुगेका हुन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १० : २२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि