२१ माघ २०८२, बुधबार | February 4, 2026

बुटवलको सिद्धबाबामा खुल्लेआम ब्रम्हलुट, हरेक भक्तले चढाएको दानको ५० प्रतिशत रकम गायव



बुटवल । नेपालमा धार्मिक स्थलहरुमा ब्रम्हलुट मच्चाउने अभियान सामान्य जस्तै बन्न थालेको छ । परम्परादेखि गुठिका रुपमा रहेको जग्गा बेच्ने विषय देशब्यापी बहस भईरहेका बेला रुपन्देहीको चिडिया खोला नजिक रहेको सिद्धबाबामा भएको ब्रम्हलुटको अर्को घटना सार्वजनिक भएको छ ।

तल्लो सिद्धबाबाका नामले प्रसिद्ध मन्दिरमा आउने भक्तजनहरुले दिएको दानमा खुल्लेआम ब्रम्हलुट भएको प्रमाण सार्वजनिक भएपछि यसतबेला बुटवल र त्यस आसपासका सामाजिक सञ्जाल भरिएका छन् । मन्दिरमा सेवा लिएबापत भक्तहरुले बुझाएको रकमको रसिदको अर्धकट्टीमा आधा रकम घटाएर मात्र मन्दिरमा दाखिला हुने गरेको प्रमाण सार्वजनिक भएपछि मन्दिर ब्यवस्थापन समितिमा खैलाबैला मच्चिएको छ ।

चरम विवादका कारण म्याद सकिएर पनि नयाँ ब्यवस्थापन बन्न नसकेको मन्दिरमा लामो समयबाट अध्यक्ष चलाउँदै आएका कृष्ण प्रसाद तिमिल्सिनाकै मिलोमतोमा वर्षौदेखि दान रकममा हिनामिना हुने गरेको सञ्जालकर्ताहरुले आरोप लगाएका छन् । भेटिएको नगदी रसिदमा दानकर्तालाई दिइएको रसिदको रकम भन्दा आधा घटाएर अर्धकट्टीमा लेखिएको पाइएको हो ।

मन्दिरको ब्रम्हलुटका सम्बन्धमा प्रतिक्रियाका लागि फोन गर्दा अध्यक्ष तिमिल्सिनाले पत्रकार सम्मेलन गरेर मात्र सार्वजनिक गर्ने बताए । गत मंसिरमा म्याद सकिएको ब्यवस्थापन समितिको निर्वाचनका लागि सहमती कायम जुट्न नसकेपछि तिमिल्सिनाकै समितिलाई काम चलाउ कार्यसंचालनको जिम्मेवारी दिईएको समितिका एक पूर्व पदाधिकारीले बताए ।

नयाँ निर्वाचन हुने अवस्था नदेखिएपछि यही हो मौका भनेर अध्यक्षको मिलेमतोमा कर्मचारीले गलत हर्कत गर्ने गरेको मन्दिरमा पुजा गर्न आएका एक भक्तजनले बताए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १२ : ४५ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक