४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बुटवलको सिद्धबाबामा खुल्लेआम ब्रम्हलुट, हरेक भक्तले चढाएको दानको ५० प्रतिशत रकम गायव



बुटवल । नेपालमा धार्मिक स्थलहरुमा ब्रम्हलुट मच्चाउने अभियान सामान्य जस्तै बन्न थालेको छ । परम्परादेखि गुठिका रुपमा रहेको जग्गा बेच्ने विषय देशब्यापी बहस भईरहेका बेला रुपन्देहीको चिडिया खोला नजिक रहेको सिद्धबाबामा भएको ब्रम्हलुटको अर्को घटना सार्वजनिक भएको छ ।

तल्लो सिद्धबाबाका नामले प्रसिद्ध मन्दिरमा आउने भक्तजनहरुले दिएको दानमा खुल्लेआम ब्रम्हलुट भएको प्रमाण सार्वजनिक भएपछि यसतबेला बुटवल र त्यस आसपासका सामाजिक सञ्जाल भरिएका छन् । मन्दिरमा सेवा लिएबापत भक्तहरुले बुझाएको रकमको रसिदको अर्धकट्टीमा आधा रकम घटाएर मात्र मन्दिरमा दाखिला हुने गरेको प्रमाण सार्वजनिक भएपछि मन्दिर ब्यवस्थापन समितिमा खैलाबैला मच्चिएको छ ।

चरम विवादका कारण म्याद सकिएर पनि नयाँ ब्यवस्थापन बन्न नसकेको मन्दिरमा लामो समयबाट अध्यक्ष चलाउँदै आएका कृष्ण प्रसाद तिमिल्सिनाकै मिलोमतोमा वर्षौदेखि दान रकममा हिनामिना हुने गरेको सञ्जालकर्ताहरुले आरोप लगाएका छन् । भेटिएको नगदी रसिदमा दानकर्तालाई दिइएको रसिदको रकम भन्दा आधा घटाएर अर्धकट्टीमा लेखिएको पाइएको हो ।

मन्दिरको ब्रम्हलुटका सम्बन्धमा प्रतिक्रियाका लागि फोन गर्दा अध्यक्ष तिमिल्सिनाले पत्रकार सम्मेलन गरेर मात्र सार्वजनिक गर्ने बताए । गत मंसिरमा म्याद सकिएको ब्यवस्थापन समितिको निर्वाचनका लागि सहमती कायम जुट्न नसकेपछि तिमिल्सिनाकै समितिलाई काम चलाउ कार्यसंचालनको जिम्मेवारी दिईएको समितिका एक पूर्व पदाधिकारीले बताए ।

नयाँ निर्वाचन हुने अवस्था नदेखिएपछि यही हो मौका भनेर अध्यक्षको मिलेमतोमा कर्मचारीले गलत हर्कत गर्ने गरेको मन्दिरमा पुजा गर्न आएका एक भक्तजनले बताए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १२ : ४५ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको