काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितहरुले आज पनि प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा सडक अवरुद्ध गरेको भन्दै प्रहरीले केही सहकारी पीडितहरुलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा केहीबेर यातायात अवरुद्ध भएको थियो । पीडितहरुले निकालेको जुलुस माइतीघरबाट वानेश्वर पुगेर कोणसभामा परिणात भएको थियो ।
सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिको नाममा पीडितहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो भन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै माग राख्दै आएका छन् ।



















प्रतिक्रिया