५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पार्टी र गठबन्धनका निर्णय मिडियाबाट मात्रै थाहा पाउँछु : गगन थापा



काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पार्टी र गठबन्धनका निर्णय आफूले सञ्चारमाध्ययमबाट थाहा पाउने गरेको गुनासो गरेका छन्। त्यस्तो परिपाटी अझै अन्त्य हुन नसकेको उनको भनाइ छ।

कांग्रेस महामन्त्रीको हैसियतले आफू पनि निर्णय प्रक्रियामा सहभागी हुनुपर्नेमा पार्टी र सत्ता गठबन्धनमा आवद्ध दलले गरेका निर्णय सञ्चारमाध्ययमबाट थाहा पाउनुपर्दा दु:ख लागेको उनको भनाइ थियो।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले भने, ‘म पार्टीको महामन्त्री हुँ तर पार्टीका कतिपय र सत्ता गठबन्धनका निर्णयमा सहभागी हुन पाइन,सञ्चार माध्यमबाट खवर पाउनुपर्छ, भोलिपल्ट बिहान फेरि मिडिया नै प्रश्न गर्छन्, प्रोसेसमा सहभागी हुन पाइन पार्टी र गठबन्धन बैठकका निष्कर्षका भारी मात्रै बोक्नु पर्‍यो।’

उनले भ्रष्टाचार नियन्त्रणका लागि १३ बुँदे धारणा तयार गरेर नेतृत्वसमक्ष बुझाउने तयारी गरेको बताए।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : ४० बजे

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति

वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु

काठमाडौँ । ‘सीमित सिटका लागि भर्ना खुलेको छ, विद्यालयबाट फारम

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय