१९ बैशाख २०८३, शनिबार | May 3, 2026

भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास गर्नु र मेरो राजीनामा माग्नु स्वाभाविक : गृहमन्त्री श्रेष्ठ



गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास गर्नु र मेरो राजीनामा माग्नु अस्वाभाविक नभएको बताएका छन् ।

मंगलबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने र दोषीलाई कारबाही गरेर छाड्ने बताए ।

माओवादी केन्द्रका नेतासमेत रहेका उनले आफ्नै पार्टी र सत्ता गठबन्धनभित्र भ्रष्टाचारी हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको बताए ।

१०० किलो सुन बरामद प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले आफ्नो राजीनामा माग्नुलाई पनि अस्वाभाविक रुपमा नलिएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले गठबन्धन सरकार भ्रष्टाचारविरुद्ध र सुशासनको अभियान अगाडि बढाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताए ।


प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  २ : ४१ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय