७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नेपाल प्रहरीका २२ प्रहरी ड्युटी छाडेर बेपत्ता



काठमाडौं । नेपाल प्रहरीका २२ कर्मचारी सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरुको खोजीकार्य सुरु गरेको छ । प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नभएका २२ जनालाई सम्पर्कमा आउन सूचना जारी गरेको छ।

प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान गरी २२ जना कर्मचारी प्रधान कार्यालयको सम्पर्कमा नरहेको जनाउँदै कार्यालयले सम्पर्कमा आउन सूचना जारी गरेको हो । कार्यालयमा जानकारी नगराई सम्पर्कविहीन हुनेमा १ जना प्रहरी हवल्दार, ५ जना सहायक हवल्दार र १६ जना प्रहरी जवानहरु रहेका छन् ।

कार्यालयले सूचना प्रकाशित भएको ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ । सम्पर्कमा नआउनेहरुलाई सेवाबाट हटाइने सूचनामा स्पष्ट गरिएको छ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : ४२ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी