९ श्रावण २०८३, शनिबार | July 26, 2026

प्रेमी भेटन चिनियाँ महिला पाकिस्तान पुगिन्, प्रहरीले दियो सुरक्षा



इस्लामबाद । आजकल सीमापार प्रेम कथाहरु चर्चामा छन् । पाकिस्तानी सीमा हैदर र भारतीय अन्जुको चर्चा परिचर्चा भईरहेको बेला एक चिनियाँ महिलाको प्रेम कथा बाहिर आएको छ ।

पाकिस्तानी प्रहरीले बिहीबार एक चिनियाँ महिला आफ्नो प्रेमीलाई भेट्न खैबर पख्तुनख्वा प्रान्त पुगेकी बताएको छ । उनीहरुको सामाजिक सञ्जालमा भएको मित्रता प्रेममा परिणत भएको थियो ।

चिनियाँ महिलाको नाम सुन गाओ फेङ भनिएको छ, जो २१ वर्षकी छिन् र यी महिलाको प्रेमीको नाम जावेद हो । यी दुई प्रेमीहरूको विशेष कुरा के छ भने भरत अन्जुको फेसबुक प्रेमी खैबर पख्तुनख्वाको अपर दिर जिल्लामा बस्छन् र यी चिनियाँ महिलाको प्रेमी तल्लो दिर जिल्लामा बस्छन् ।

मिडिया रिपोर्टका अनुसार चीनका गाओ फेङ तीन महिनाको पर्यटक भिसामा चीनबाट गिलगिट हुँदै सडक मार्गबाट ​​बुधबार इस्लामाबाद पुगेकी थिइन ।  प्रहरीका अनुसार जावेद मूल रूपमा खैबर पख्तुनख्वाको आदिवासी बाहुल्य क्षेत्रमा पर्ने बाजौर जिल्लाका बासिन्दा हुन् । अफगानिस्तानसँग सीमा जोडिएको बाजौर जिल्लाको सुरक्षा अवस्थाका कारण जावेदले ती महिलालाई गृह नगरको सट्टा तल्लो दिर जिल्लाको समरबाग तहसीलमा रहेको आफ्नो मामाको घरमा लगेका थिए ।

प्रहरीले ती महिलाको यात्रा कागजात सही रहेको र जावेदसँग विवाह नगरेको बताएको छ । यद्यपि केही मिडिया रिपोर्टमा चिनियाँ महिलाले इस्लाम धर्म स्वीकार गरेको बताइएको छ । तल्लो दिरका जिल्ला प्रहरी अधिकारीले चिनियाँ महिलालाई सुरक्षा प्रदान गरिएको र सुरक्षाको चिन्ताका कारण उनको आवतजावतमा प्रतिबन्ध लगाइएको बताए। जावेद र फ्याङले सामाजिक सञ्जाल एप स्न्यापच्याटमा भेटे र तीन वर्षसम्म सम्पर्कमा रहे पछि उनीहरु गहिरो प्रेममा परेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ७ : २२ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको