९ श्रावण २०८३, शनिबार | July 25, 2026

माओवादीको पार्टी सदस्य ७ लाख ५२ हजार, ३ महिनामा ६ हजार ७४३ वटै वडामा पार्टीको संगठन बनाइने



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी बैठकमा आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने प्रस्ताव पेश भएको छ । बुधबार सुरुभएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको सांगठनिक प्रतिवेदनमा आगामी भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ सहित संगठन सुदृढिकरण अभियान चलाउने प्रस्ताव गरिएको हो ।

अध्यक्ष प्रचण्डको प्रस्तावित अभियानमा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने, पार्टीका सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने लगायत उल्लेख गरिएका छन् ।

संगठन सुदृढिकरण सहित विचार मिल्नेसँग एकता गर्ने, संख्या भन्दा विचारका आधारमा एकता गर्न जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने पनि अध्यक्ष प्रचण्डको प्रतिवेदनमा समावेश गरिएका छन् । उनले माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउने पनि सो अवसरमा योजना सुनाएका छन् ।

नेकपा माओवादी केन्द्रका ७ लाख ५२ हजार ९५६ संगठित सदस्य

बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष प्रचण्डले पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ संगठित सदस्य रहेको दाबी प्रस्तुत गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनका अनुसार बागमतीमा १ लाख ४७ हजार ३५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको दाबी गरिएको छ ।

त्यस्तै सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौं उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ५० बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को