३१ बैशाख २०८१, सोमबार | May 13, 2024

माओवादीको पार्टी सदस्य ७ लाख ५२ हजार, ३ महिनामा ६ हजार ७४३ वटै वडामा पार्टीको संगठन बनाइने



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी बैठकमा आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने प्रस्ताव पेश भएको छ । बुधबार सुरुभएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको सांगठनिक प्रतिवेदनमा आगामी भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ सहित संगठन सुदृढिकरण अभियान चलाउने प्रस्ताव गरिएको हो ।

अध्यक्ष प्रचण्डको प्रस्तावित अभियानमा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने, पार्टीका सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने लगायत उल्लेख गरिएका छन् ।

संगठन सुदृढिकरण सहित विचार मिल्नेसँग एकता गर्ने, संख्या भन्दा विचारका आधारमा एकता गर्न जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने पनि अध्यक्ष प्रचण्डको प्रतिवेदनमा समावेश गरिएका छन् । उनले माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउने पनि सो अवसरमा योजना सुनाएका छन् ।

नेकपा माओवादी केन्द्रका ७ लाख ५२ हजार ९५६ संगठित सदस्य

बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष प्रचण्डले पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ संगठित सदस्य रहेको दाबी प्रस्तुत गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनका अनुसार बागमतीमा १ लाख ४७ हजार ३५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको दाबी गरिएको छ ।

त्यस्तै सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौं उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ५० बजे

कांग्रेसको संसदीय दलको बैठक आज बस्दैँ

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैँ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवन । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण

दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षाको सम्भावना

काठमाडौं । गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही