१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

महाधिवेशनको यात्रामा माओवादी

सुन प्रकरणलाई निष्कर्षमा पु-याउन प्रधानमन्त्री दृढ : प्रवक्ता सापकोटा



काठमाडौं । नेकपा  (माओवादी केन्द्र)ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ ।

यही असार १७ देखि २१ सम्म राजधानीमा चलेको केन्द्रीय समितिको चौँथो पूर्ण बैठकबाट तीन महिनापछि विधान सम्मेलन र लगत्तै विशेष महाधिवेशन गर्ने निर्णय गरिएको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयका सम्बन्धमा आज मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग छलफल गर्दै उनले विधान सम्मेलन र विशेष महाधिवशेन गर्ने केन्द्रीय समितिको निर्णय पार्टी जीवनमा कोशेढुङ्गा भएको बताए । उनले भने, “केन्द्रीय समितिको बैठकले पार्टीलाई व्यवस्थित र क्रान्तिकारी बनाउन सर्वाधिक महत्वपूर्ण निर्णय लिएको छ ।”

माओवादीले आगामी मङ्सिरमा विधान सम्मेलन गर्नै निर्णय गरेको छ । सम्मेलनमार्फत भद्दा रहेको सङ्गठनिक संरचनालाई चुस्तदुरुस्त बनाउने, पार्टीलाई व्यवस्थित बनाउन प्रत्येक कमिटीमा लोकतान्त्रिक पद्दति अनुशरण गर्ने माओवादीको तयारी छ । अहिले माओवादीका साङ्गठनिक संरचना अस्तव्यस्त छन् । केन्द्रदेखि तलसम्मका नेताहरुको जिम्मेवारी स्पष्ट नहुँदा पार्टीका संरचनाले गति लिन नसकेको माओवादीकै स्वीकारोक्ति छ ।

प्रवक्ता सापकोटा विधान सम्मेलनले पार्टीमाविधि बसाल्ने र विधिमार्फत पार्टी सुव्यवस्थित ढङ्गले सञ्चालन हुने विश्वास व्यक्त गर्छन् । “सङ्गठनात्मक संरचना छरितो बनाउने, पार्टीमा विधि स्थापित गर्ने उद्देश्यका साथ विधान सम्मेलन गर्न लागिएको हो”, उनले भने ।

विधान सम्मेलनले गर्ने निर्णय निकै महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सम्मेलनले विधि, पद्दति र प्रक्रियाको टुङ्गो लगाउने जिकिर गरे । “पार्टीमा ‘सिस्टम’ बसेको छैन, सिस्टम बस्यो भने संरचना क्रियाशील हुन्छन्”, प्रवक्ता सापकोटाले भने, “सिस्टम बसाल्ने ध्ययेले सम्मेलन गर्ने निर्णय गरिएको हो ।”

केन्द्रीय समिति बैठकमा सदस्यहरुले पार्टी कमिटी अत्यन्त भद्दा हुँदा कामयवी नदेखिएको, केन्द्रदेखि तल्ला कमिटीको संरचना सानो छरितो बनाउनुपर्नेलगायतको सुझाव दिएका थिए । केन्द्रीय समितिको भावनाअनुसार विधान सम्मेलनमार्फत दुई अङ्कको केन्द्रीय समिति बनाउने माओवादीको तयारी छ ।

विधान सम्मेलनमार्फत पार्टीलाई व्यवस्थित र वैचारिक दृष्टिकोणबाट क्रान्तिकारी बनाउन विशेष महाधिवशेन गर्न लागिएको प्रवक्ता सापकोटाको भनाइ छ ।

 

भदौ १५ देखि तीन महिने रुपान्तरण अभियान

माओवादीले पार्टीलाई जनतासँग जोड्नका लागि आगामी भदौ १६ गतेदेखि देशभर एकसाथ रुपान्तरण विशेष अभियान सञ्चालन गर्ने प्रवक्ता सापकोटाले बताए । “भदौ १५ सम्म हामी सम्पूर्णरुपले तयारी गर्छौँ, तयारीका क्रममा बैठक, भेला, प्रशिक्षण र अन्तरक्रिया हुनेछ”, उनले भने, “अहिले तयारी बैठक सुरु भइसकेका छन्, धमाधम सात भौगोलिक र तीन गैरभौगोलिक गरी दश प्रदेश समितिका बैठक चलिरहेका छन् ।”

अभियानका क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका सबै नेता छ हजार सात सय ४३ वटै वडामा खटिइने माओवादीले जनाएको छ । अध्यक्ष प्रचण्ड सात प्रदेशका एक/एकवटा वडामा अभियान लिएर जाने प्रवक्ता सापकोटाले जानकारी दिए ।

“अभियानका क्रममा पार्टीलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक र सांस्कृतिकरुपमा पुनःगठन गर्छौ”, उनले भने ।

 

सुन प्रकरणलाई निष्कर्षमा पु-याउन प्रधानमन्त्री दृढ

प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री दृढरहेको बताए । “दोषीलाई कारबाही हुन्छ, सुन प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्री दृढ हुनुहुन्छ”, उनले भने । प्रधानमन्त्री प्रचण्डले पार्टीका प्रत्येक बैठकमा राज्यका निकायलाई निर्दोष नपरुन र दोषी नउम्किउन भनेर स्पष्ट निर्देशन दिएको बताउँदै आएका प्रवक्ता सापकोटाले उल्लेख गरे ।

उनले सुन तस्करी प्रकरणको अनुसन्धानलाई तार्किक निष्कर्षमा पु¥याउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई जिम्मेवारी दिइएको बताउनुभयो । “सुशासनको अभियान रोकिँदैन, निर्धक्कले अगाडि जान्छ”, उनले भने ।रासस

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ३ : ४७ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

आईसीसी टी-२० विश्वकप सुपर ८ मा वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणअन्तर्गत भएको खेलमा

निर्वाचन आउन ९ दिन बाँकी : आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्