३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

बाँकेका एक हजार बढी एमाले संगठित सदस्यको प्रदेश कमिटीबाट सिधै सदस्यता नविकरण



नेपालगन्ज । नेकपा एमाले बाँकेमा जिल्ला नेतृत्वले नविकरण नगरि अलपत्र पारिएका एक हजार बढी एमालेका संगठित सदस्यहरुको सदस्यता लुम्बिनी प्रदेश कमिटीले सिधै नविकरण गरिदिएको छ । एमाले बाँकेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले नविकरण हुन नदिई रोकिएका संगठित सदस्यहरुको सदस्यता प्रदेश कमिटीबाट नविकरण भएको हो ।

नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको बिहिवार दाङमा बसेको बैठकले बाँकेको बैजनाथ गाउँपालिका कमिटीका ८ सय बढी संगठित सदस्यसहित जिल्लाभरका एक हजार सातसय बढि संगठित सदस्यहरुको सदस्यता नविकरण गरिएको प्रदेश कमिटी सदस्य घननाथ खनालले जानकारी दिए ।

सदस्यता नविकरणको रसिद प्राप्त गरेर पनि पार्टीले ताकेको समयसीमा भित्रै जिल्ला पार्टी कार्यालयमा बुझाएको भएपनि अध्यक्ष कक्षपतिले नविकरण गर्न अस्वीकार गरेपछि पार्टीको बैजनाथ गाउँपालिका कमिटीले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत गरेको थियो ।

पार्टी केन्द्रीय सदस्य सुर्य ढकाल सहितका बाँकेबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु शान्ति ढकाल, दीपा शर्मा, पशुपति दयाल मिश्र र मोहम्मद हारुनले पार्टी संगठित सदस्यता कायम हुने भन्दै लिखित जिम्मेवारी लिएपछि तालाबन्दी खुलेको थियो । केन्द्रीय सदस्य ढकालले संगठित सदस्यहरुको नविकरण गराउन नसके राजिनामा दिने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १० : ४६ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा