४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमालेको अवरोधपछि सत्तापक्षका सांसद पनि उठेर जनाए विरोध, राष्ट्रियसभा बैठक स्थगित



काठमाडौं। शुक्रबार राखिएको राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश गर्न लाग्दा स्थगित भएको छ । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिसकेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेका थिए । तर, प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु उठेर विरोध जनाए ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसद उठेर विरोध जनाए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले प्रतिपक्षीलाई बोल्न समय दिएपछि यसको विरोधमा सत्तापक्ष सांसदले उठेर विरोध जनाए ।

दुवै पक्षका सांसद उठेर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले बस्न आग्रह गरे । उठेरै संसद चलाउने भएपछि पछि गाह्रो पर्ने भन्दै सांसदहरूमाथि उनले व्यंग्य पनि गरे । तर, दुवै पक्षका सांसद बस्न मानेनन् ।

सत्ता र प्रतिपक्ष सांसदहरू उठिरहेपछि अध्यक्ष तिमल्सिनाले शुक्रबारको बैठकको कार्यसूचीमा राखेका सबै कार्यक्रम हटाएको जानकारी दिँदै बैठकलाई साउन ३१ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरे ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १२ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको