७ आश्विन २०८३, बुधबार | September 23, 2026

भ्रष्टाचारका सबै प्रकरणको छानविन गर्न उच्चस्तरीय आयोग गठन गरौं : पूर्वप्रधानमन्त्री भट्टराई



बुटवल । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा। बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाहरुको छानविनका लागि उच्चस्तरीय आयोग जरुरी रहेको बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निस्पक्ष छानविनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताए ।

भ्रष्टाचार निर्मुल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने बताउँदै भट्टराईले संरचनागत ढङ्गले नै जानूपर्ने बताए ।

भट्टराईले आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरु उछाल्ने तर, आफ्ना कुराहरु लुकाउने गर्न नहुने उल्लेख गरे । ‘अहिले प्रकान्तरले छानविनका कुरा आएका हुन् । उहाँहरु निल्नू न ओकल्नुमा हुनुहुन्छ,’ भट्टराईले अघि भने, उहाँहरु नडराउनु भए हुन्थ्यो, म त भ्रष्टारका सबै फाइल खोल्नु पर्छ भन्ने पक्षमै छु ।’

माथिदेखि नै अनुसन्धानलाई अघि बढाउनु पर्ने बताउँदै उनले विगतका आयोग जस्तो नभई बलियो र निस्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरु खोल्नुपर्ने बताए । संसदमा नेकपा एमालेले उच्चस्तरीय छानविन समिति गठनको मागगर्नु अधिकारको कुरा भएको उनले उल्लेख गरे । एमालेको माग सैद्धान्तिक ढङ्गले ठिक भएको बताउँदै उनले भने– ‘सबैलाई छानविन गर्न सक्ने हैसियत भएको आयोग भए हुन्थ्यो भन्ने हो ।’

यसैगरी ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानविन गर्नुपर्ने आदेशको प्रसंगमा उनले त्यसका लागि आफू सहयोग गर्न तयार रहेको बताए । ‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन ’, भट्टराईले भने, ‘बयान दिन म तयार छु ।’ उनले उच्चस्तरीय छानविनको ढोका खुल्छ भने सबै खाले सहयोग गर्न आफू तयार नै रहने उल्लेख गरे ।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूराभएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताए ।

मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औल्याउँदै सोही अनुसार नेसपा अघि बढेको बताए । नयाँ राजनैतिक दलहरुप्रति इङ्गित गर्दै डा। भट्टराईले स्पष्ट विचार विना वैकल्पिक शक्ति नबन्ने उल्लेख गरे । ‘ती शक्तिहरुबाट क्षणिक लाभ होला दिर्घकालिन जाँदैन’ उनले भने ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  २ : ०४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई