२५ मंसिर २०८०, सोमबार | December 11, 2023

नेपाल प्रहरीको लुम्बिनी प्रदेश श्रीमती संघबाट बुटवलमा रक्तदान

प्रहरीमाथि ढुंगा हान्नेलाई पनि प्रहरीले रगत दिएर बचाउनु पर्छ : डीआईजी जोसी



बुटवल । नेपाल प्रहरी श्रीमती संघको ३९ औ बर्ष पुगेको अवसर पारेर नेपाल प्रहरी लम्बिनी प्रदेश श्रीमती सघले बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन गरेको छ । रक्तदान जीवनदान भन्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी र स्थानीय गरेर ८२ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा बोल्दै नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले प्रहरीको काम शान्ति सुरक्षमा मात्र नभएर मानविय सेवामा समेत समर्पित हुनुपर्ने भएको बताए । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशमा पहिलो पटक गठन भएको भन्दै गठन भएको छोटो समयमा धेरै राम्रा काम गर्दै आएको प्रमुख जोशीको भनाई छ ।

दिन दुखीलाई फलफुल वितरण देखि तराई क्षेत्रमा झुल वितरण, आत्महत्या न्युनीकरण सम्बन्धी अन्तरकृया, सर्प दश सम्बन्धी  जनचेतना मुलक कार्यक्रम गरेर लुम्बिनी प्रदेशमा श्रीमती संघले राम्रो गरेको डीआईजी जोशीले बताए । उनले शान्ति सुरक्षा गर्दा कानुनको विपक्षमा कुनैपनि कार्य भएको पाइए तुरुन्त त्यसलाई कारवाहीको दायरामा ल्याउने र नेपालको कानुन अनुसार कार्वाही र्गन सबै प्रहरी क्रमचारीलाई निर्देशन समेत दिए ।

‘प्रहरीको काम कर्तब्यमा प्रहरीलाई ढुगा हान्नेहरुलाई समेत प्रहरीले रगत दिएर बचाउनु पर्दछ ।’ उनले भने । उनले समाजमा हुने कुनैपनी गतलकार्यलाई निरुत्साहित गदै सामाजिक कार्यमा समेत प्रहरीले राम्रो भुमिका देखाउनु जरुरी रहेको बताए । कार्यक्रममा संचालक गिता अर्याल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ४८ बजे

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

चितवन । बाला चतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध देवघाटधाममा शतबीज छर्न

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन