२३ भदौ २०८३, मंगलबार | September 9, 2026

नेपाल प्रहरीको लुम्बिनी प्रदेश श्रीमती संघबाट बुटवलमा रक्तदान

प्रहरीमाथि ढुंगा हान्नेलाई पनि प्रहरीले रगत दिएर बचाउनु पर्छ : डीआईजी जोसी



बुटवल । नेपाल प्रहरी श्रीमती संघको ३९ औ बर्ष पुगेको अवसर पारेर नेपाल प्रहरी लम्बिनी प्रदेश श्रीमती सघले बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन गरेको छ । रक्तदान जीवनदान भन्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी र स्थानीय गरेर ८२ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा बोल्दै नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले प्रहरीको काम शान्ति सुरक्षमा मात्र नभएर मानविय सेवामा समेत समर्पित हुनुपर्ने भएको बताए । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशमा पहिलो पटक गठन भएको भन्दै गठन भएको छोटो समयमा धेरै राम्रा काम गर्दै आएको प्रमुख जोशीको भनाई छ ।

दिन दुखीलाई फलफुल वितरण देखि तराई क्षेत्रमा झुल वितरण, आत्महत्या न्युनीकरण सम्बन्धी अन्तरकृया, सर्प दश सम्बन्धी  जनचेतना मुलक कार्यक्रम गरेर लुम्बिनी प्रदेशमा श्रीमती संघले राम्रो गरेको डीआईजी जोशीले बताए । उनले शान्ति सुरक्षा गर्दा कानुनको विपक्षमा कुनैपनि कार्य भएको पाइए तुरुन्त त्यसलाई कारवाहीको दायरामा ल्याउने र नेपालको कानुन अनुसार कार्वाही र्गन सबै प्रहरी क्रमचारीलाई निर्देशन समेत दिए ।

‘प्रहरीको काम कर्तब्यमा प्रहरीलाई ढुगा हान्नेहरुलाई समेत प्रहरीले रगत दिएर बचाउनु पर्दछ ।’ उनले भने । उनले समाजमा हुने कुनैपनी गतलकार्यलाई निरुत्साहित गदै सामाजिक कार्यमा समेत प्रहरीले राम्रो भुमिका देखाउनु जरुरी रहेको बताए । कार्यक्रममा संचालक गिता अर्याल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ४८ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी