४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

पहिरो पन्छाएर खुल्यो बुटवल-पाल्पा सडक



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको सडक सुचारु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित तिस माइलमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएकोमा बाटोमा खसेको पहिरो हटाई सडक सुचारु गराइएको दोभान प्रहरी चौकीका सइ कमल थापाले जानकारी दिए ।

मध्यराती खसेको पहिरोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहान ५ बजे देखि सडक डिभिजन कार्यालय पाल्पाको जेसिबिले पहिरो पन्छाएर केहीबेर अगाडि सडक संचालनमा ल्याएको हो ।

पहिरो संगै रुख ढलेर सडकमा खसेको हुँदा पहिरो पन्छाउन करिब २ घण्टा बढी लागेको थियो । राजमार्ग अवरुद्ध भएपछि सयौंको संख्यामा रोकिएका सवारी साधन गन्तब्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ११ : १२ बजे

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली

विपक्षी दलको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि