१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रधानमन्त्री सेप्टेम्बर १६ मा अमेरिका र त्यतैबाट चीन जाने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बर १६ तारिखमा अमेरिका जानेभएका छन् ।

आज सम्पादकसँग बालुवाटारमा कुराकानी गर्दै प्रधानमन्त्रीले सो जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले आफू सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिका जाने र त्यतैबाट सेप्टेम्बर २१ तारिखमा चीन जाने जानकारी दिएका हुन् ।

यस पटक चीन भ्रमणका क्रममा केही महत्वपूर्ण सहयोग सम्झौता हुने पनि उनले जानकरी दिए । चीनको बिआरआई आयोजनाका बारेमा राखिएको एक जिज्ञासामा उनले नेपालसँग भएको बिआरआई सम्झौताको कार्यान्वयन आयोजनका बारेमा छलफल हुने र यस बिआरआई आयोजनाअन्तर्गत नेपालमा अनुदान सहयोगसम्बन्धी प्रस्ताव आफूले चीनसँग राख्ने पनि उनले जानकरी दिए ।

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङसँग पनि द्विपक्षीय भेटवार्ता हुने जानकारी प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ८ : ३९ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

बागमती । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य

ज्योति डिस्टिलरीको ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, छ जना घाइते

रौतहट । कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि