२० असार २०८३, शनिबार | July 4, 2026

म्यानमारमा पहिरोमा परी ज्यान गुमाउने संख्या २५ पुग्यो, १४ बेपत्ता



यांगुन । म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड खानीमा पहिरोमा परी २५ जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता छन् ।

आपतकालीन सेवा अधिकारीहरूले बेपत्ताको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएका छन् । अविरल वर्षा र बाढीका कारण आइतवार काचिन प्रान्तको हपाकान्त सहरको बाहिरी भागमा रहेको जेड खानीमा पहिरो गएको थियो ।

मंगलबार बेलुकासम्म उद्धार कार्यका क्रममा २५ जनाको शव निकालिएको एक उद्धारकर्मीले सञ्चारमाध्यमलाई बताए । उनले १४ जना अझै बेपत्ता रहेको र उनीहरुको उद्धारका लागि बुधबार पनि उद्धार कार्य जारी रहने बताए । उद्धारकर्मीहरूले शवहरू फेला पार्न माटो सफा गर्नुपरेको थियो भने केही शवहरू पानीमा तैरिरहेका थिए ।

उत्खननका क्रममा भारी वर्षाका कारण करिब १५०-१८० मिटर (५००-६०० फिट) अग्लो माटोको थुप्रो भत्किएको उद्धारकर्मीहरूले बताएका छन् ।

सञ्चारमाध्यमका अनुसार वर्षायामका कारण खानी सञ्चालनमा रोक लगाइएको भए पनि बहुमूल्य सामग्री भेटिने आशमा स्थानीय बासिन्दा हिलोमा जम्मा भएकाले पहिरो खसेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ०१ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा