९ श्रावण २०८३, शनिबार | July 25, 2026

अवरुद्ध संसद खुलाउन प्रतिपक्षी दलहरुसँग संवाद् तिब्र बनाउने सत्ता गठबन्धनको निर्णय



काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको जारी अवरोध खुलाउन एमालेसहितका प्रतिपक्षी दलहरूसँग संवाद बढाउने निर्णय गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायतका दलहरुसँगको संवादलाई तिब्र बनाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

यसअघि सोमबार साँझ बसेको गठबन्धन बैठकले एमालेको मागबमोजिम सुनकाण्डबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको निस्कर्ष निकालेको थियो ।
एमालेले भने छानिबन समिति नबनेसम्म संसद अवरुद्ध गरिरहने अडान कायमै राखेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ११ : ३४ बजे

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख