१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पत्रकारहरुले सरकारको गुणगान होईन, आलोचना गर्नुहोस् : मुख्यमन्त्री चौधरी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर प्रदेश सरकारलाई सचेत बनामउन सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गरेका छन् । शुक्रबारदेखि सुरु भएको लुम्बिनी प्रादेशिक मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले पत्रकारहरुलाई गुनगान भन्दा पनि सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन मिल्ने बताए ।

मुख्यमन्त्री चौधरीले राजनीतिक परिवर्तनमा मिडियाहरुको ठूलो योगदान रहेको स्मरण गर्दै मिडियाहरु बलियो भए मात्र सरकार बलियो हुने बताए । ‘मिडियाहरुले सरकारको गुणगान नगरेर आलोचनात्मक मिाचार लेख्न आग्रह गरे । व्यक्तिगत रुपमा अनुदान माग्न नआउन आग्रह गर्दै मुख्यमन्त्री चौधरीले सञ्चार संस्थालाई संस्थागत रुपमा मात्रै अनुदान रकम दिने सरकारको नीति रहेको स्पष्ट पारे ।

उनले प्रदेश सरकारले वर्षमा २ लाख जनालाई रोजगारी दिने लक्ष्य रहेको र प्रदेशभरि त्यसको संभावना रहेको दाबी गरे । बुद्ध जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, आदिवासी जनजातिका संस्कृति र प्रशस्त हिल स्टेशनहरु रहेको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तर्राष्ट्रियस्तरमा पनि छलफल गरिरहेको जानकारी दिए ।

उनले मिडियाको सबलीकरणमा प्रदेश सरकार साथमा रहेको भन्दै सरकारको प्राथमिकता विकास र समृद्धि भएकाले त्यसमा साथ दिन उनले सञ्चारमाध्यमलाई आग्रह गरे ।

सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चार उद्यमी र पत्रकारहरुको सहभागिता छ । सम्मेलनले मोफसलका मिडियाहरुको सबलीकरण, पत्रकारहरुको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरुपता लगायत विषयमा बसन्तपुर घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

सम्मेलनमा बरिष्ठ पत्रकार द्वय युवराज घिमिरे र कनकमणी दिक्षितले वर्तमान अवस्थामा सञ्चार क्षेत्रको समस्या र र चुनौतीहरुको विषयमा धारणा राखेका थिए ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ११ : १० बजे

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा