२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बुटवलको पुरानो बसर्पाकमा स्कुटर दुर्घटना, गम्भीर घाइते महिलाको पहिचान खुलेन



बुटवल । बुटवलको नेपालगन्ज रोड स्थित पुरानो बसपार्कमा स्कुटर दुर्घटना हुँदा एकजना महिला गम्भीर घाइते भएकी छन् । गयमध्यराती १ बजेको समयमा कालिकापथ स्थित एउटा क्लवबाट बुटवल अमरपथ जाँदै गरेको स्कुटी अनियन्त्रित भई पुरानो बसपार्क चोकमा दुर्घटना हुँदा नामथर नखुलेकी अन्दाजी २८-३० वषृकी महिला घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ३ जना सवार स्कुटीको चालक र अर्का एकजना पनि घाइते भएका छन् । दुर्घटनाबाट गुल्मी रेसुङ्गा १ का २० वर्षिय चालक भुवन पुन सामान्य घाइते छन् भने गुल्मी इस्माका सुशिल गुरुङ गम्भीर घाइते छन् । क्लवबाट अपरिचित महिलालाई स्कुटीकोबीचमा राखेर कोठा लगिदिने भन्दै जाँदै गरेको अवस्थामा स्कुटी दुर्घटनामा परेको हो ।

स्कुटीमा सवार तीनै जनाले मदिरा सेवन गरेको समेत प्रहरीले जनाएको छ । घाइते पुनले कोठा पु¥याइदिन भन्दै लिफ्ट मागेपछि आफुहरुले ती महिलालाई स्कुटीमा राखेर लगिदिएको प्रहरी समक्ष बयान दिएका छन् । महिलाको घर पनि गुल्मी भएको र बुटवलमा बस्दै आएको प्रहरीको भनाइ छ ।

घाइते गुरुङ र नाम नखुलेकी महिलाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलबाट उद्दार गरेर लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा अस्पतालले मेडिकल कलेज रिफर गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए । घाइते महिलाको यो समाचार तयार पार्दा सम्म पहिचान खुलेको छैन । प्रहरीले घाइते महिलाको फोटो सार्वजनिक गर्दै परिचित वा आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  २ : ३५ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी