५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकमा ओली अनुपस्थित



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक बसिरहेको छ ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ । बैठकमा सबै राजनीतिक दलका शीर्ष नेता उपस्थित भएपनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् ।

एमालेबाट पटकपटक हुँदै आएको संसद अवरोध खुलाउने विषयमा बोलाइएको बैठकमा एमालेकै अध्यक्ष अनुपस्थित हुनु अर्थपूर्ण मानिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतकी अनितादेवी साह सहभागी छन्  ।

एमालेबाट भने संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी भएका छन् ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  १ : ३५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ