९ श्रावण २०८३, शनिबार | July 25, 2026

संसद्‌को अवरोध खुलाउन ‘राष्ट्रिय दल’हरुको बैठक आज पनि बस्दै



काठमाडौं । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने, राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका नेताहरुको बैठक आज ९सोमबार० पनि बस्ने भएको छ ।

बैठकमा संसद्‌मा जारी गतिरोध अन्त्यका लागि सहमतिको ‘खाका’ तयार गरिने नेताहरुले जनाएका छन् । सोमबार अपराह्न ४ बजे, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको छ ।

संसद्‌मा जारी अवरोध हटाउनका लागि छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुको बैठक बोलाएका थिए । आइतबारको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु सहभागी भएका थिए ।

आइतबारको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेताहरुले सदन सञ्चालनबारे सकारात्मक कुरा भएको प्रतिक्रिया दिएका थिए ।

६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले संघीय संसद्‌का दुवै सदनमा अवरोध पुर्‍याउँदै आएको छ । एमालेको अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक साउन महिनाभरी नियमित कार्यसूचीमा प्रवेश गर्न पाएनन् ।

भदौ महिनाको पहिलो बैठक आइतबार बोलाइएकोमा प्रमुख दलहरुबीच सहमतिको प्रयास भएपछि प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर मंगलबार, भदौ ५ गते सम्मका लागि सारिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर निस्किएको सुन राजस्व अनुसन्धान विभागले साउन २ गते सिनामंगलबाट बरामद गरेको थियो । सुन बरामद भएपछि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले साउन १० गतेदेखि संसद्‌ अवरुद्ध पार्दै आएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ८ : ५० बजे

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको