७ श्रावण २०८३, बिहिबार | July 24, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : अध्यक्ष सहित अधिकांस पदाधिकारी र सदस्यमा समावेशी प्यानलको वर्चस्व



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनमा समावेशी प्यानलले वर्चस्व कायम गरेको छ । समाजेशीबाट अध्यक्ष पदका उम्मेदवार टंक धामी सहित ३ उपाध्यक्ष, महासचिव, ७ जना सदस्य र एक एशोसियट सदस्य निर्वाचनमा विजयी भएका छन् ।

मध्यराती सकिएको मतगणनाबाट उद्योग तर्फको उपाध्यक्षमा चिरन्जिवी ओली र बाणिज्य तर्फको उपाध्यक्षमा हरिलाल न्यौपाने विजयी भएका छन् । उनीहरुले २१०५ र १७७६ मत प्राप्त गरे । उनीहरुका प्रतिद्वन्द्वी सफिक बेहनाले १२३३ मत पाए भने विष्णु प्रसाद श्रेष्ठले १४६७ मत प्राप्त गरे ।

त्यसैगरि महिला उपाध्यक्षमा पनि समावेशीकी मन्दिरा पाण्डेले १८७७ मत सहित बिजयी भइन । साझा प्रजातान्त्रिक समुहकी करिस्मा योगीले १४९४ मत प्राप्त गरिन् । महासचिवमा समाजेशीबाटै भीमबहादुर रानाभाट १९२६ मत सहित विजयी भएको भनिएपनि साझा प्रजातान्त्रिक प्यानलबाट असन्तुष्टी ब्यक्त गरिएपछि यथास्थितीमा राखिएको छ । रानाभाटका प्रतिद्वन्द्वी टंक शर्माले १९२० ल्याएका छन्  । उपमहासचिवमा साझा प्रजातान्त्रिकका टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन धामी विजयी भएका छन् ।

मतगणनामा फरक बुथको मतपेटीकामा परेका मतपत्रलाई बदर गर्ने समहति अनुसार सदस्य पदको मतगणनामा बदर गरिएपनि महासचिजको मतान्तर ६ मतको मात्र परेपछि फरक मतपेटीकामा परेको मतपत्रको गणना माग गरिएको कारण विवाद भएको बताइएको छ । महासचिव, उपमासचिव र कोषाध्याक्षको एउटै मतपत्र भएका कारण ती पदहरुको मतप्राप्त अंक अन्तिम नभएको साझा प्रजातान्कि समहुका निर्वाचन संयोजक संजय थापाले बताए । समावेशी समुहले भने सदस्यहरुको हकमा फरक मतपेटीकाका मत पत्र बदर मानिएपछि महासचिवको पनि स्वत बदर हुने अडान लिएको बताइएको छ । दुबैपक्षले सहमतिको प्रयास जारी राखेको निर्वाचन आयुक्त टिकाजङ्ग सिंहले बताए ।

कोषाध्यक्षमा साझा प्रजातान्त्रिक समुहका मख्खनधामीले २०८९ मत पाएका छन् भने समावेशीमा सलाउद्दीन जसगढले १५६६ मत पाएका छन् ।

त्यसैगरी त्यसैगरी एशोसियट सदस्यतर्फ समावेशी प्यानलबाट कमल कार्की र साझा प्रजातान्त्रिक प्यानलबाट प्रदिप कुमार गुप्ता विजयी भएका छन् । बस्तुगत सदस्य तर्फ स्वतन्त्र उम्मेदवार किसन गुरुङ र साझा प्रजातान्त्रिक प्यानलबाट हिमनाथ पौडेल र विनय श्रेष्ठ निर्वाचित भएका छन् । बस्तुगत तर्फ पौडेल र श्रेष्ठको बराबर मत आएपछि दुवैजनाले आधा आधा कार्यकाल बाड्ने बताइएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ९ : ४२ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी