२१ माघ २०८२, बुधबार | February 4, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : महासचिवको पुनः मतगणना हुने



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको सम्पन्न निर्वाचनमा विवाद उत्पन्न भएपछि महासचिव पदको मतगणना पुनः गरिने भएको छ । निर्वाचन समितिका आयुक्त टिकाजङ्ग सिंहले एक सूचना जारी गर्दै मंगलबार बिहान पुनः मतगणना हुने जनाएका हुन् ।

निर्वाचन अधिकृतले सूचनामा महासचिवको उम्मेदवार भीम रानाभाटको मोबाईलमा सम्पर्क हुन नसकेको जनाउँदै सूचनका आधारमा मतगणनामा उम्मेदवार स्वयम वा प्रतिनिधि पठाउन समेत सूचीत गरेका छन् ।

महासचिव पदमा ६ मतको मतान्तरले समावेशी प्यानलका भीमबहादुर रानाभाटलाई आयुक्त सिंहले विजयी घोषणा गरि विजय जुलुस समेत निस्किरकेपछि पुनः मतगणनाको निर्णय गरिएको छ ।

तोकिएको मतपेटीका बाहेकको पेटीकामा खसेको मतपत्रको गणना नगर्ने सहमति बमोजिम सदस्यहरुको मतगणना सम्पन्न गरि घोषणा गरिसकेपछि महासचिवको हकमा पनि सोही बमोजिम तोकिएको बाहेकको बक्सामा खसेका मतपत्रलाई खामबन्दी गरि शील गरेर मतदान अधिकृतले अन्तिम नतिजा घोषणा गरेका थिए । ६ मतको मतान्तर रहेको साझा प्रजातान्त्रिक समुहका उम्मेदवारले शील गरिएको मतपत्र पनि गणनामा आउनु पर्ने माग उठाएपछि विवाद उत्पन्न भएको हो ।

सो समुहले मतदान अधिकृत सहित ४ जनालाई निर्बाचन कार्यक्षेत्र भित्र बन्धक बनाई तालाबन्दी गरिदिएका थिए । रातभरी मतगणनामा रहेका मतदानमा संलग्न अधिकृत सहितको टोलीलाई खानापानी समेत बन्द गरेर बन्धक बनाइएको निर्वाचन अधिकृत, अधिवक्ता माधव प्रसाद शर्माले बताए । साझा प्रजातान्त्रिक समुहले अधिवक्ता शर्मासहित मुख्य निर्वाचन अधिकृत टिकाजंग सिंह सहित चार जनालाई बन्धक बनाएको शर्माले बताए ।

पुनः मतगणनाको मागलाई बेवास्ता गरिएपछि बाध्यभएर तालाबन्दी गर्नु परेको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक सञ्जय थापाले बताए । अन्य बुथमा परेका संकलित मतपत्र गणना गर्नु पर्ने माग सहित तालाबन्दी गरिएको उनले जनाए ।

समावेशी प्यानलबाट उम्मेदवार भीमबहादुर रानाभाट र साझा प्रजातान्त्रिकको तर्फबाट टंक प्रसाद शर्मा महासचिव पदमा प्रतिस्पर्धा गरेका थिए । विजयी घोषणा भइसकेका रानाभाटले फुलमाला अबीर लगाइसकेपछि विवाद झिकिएको दावी समावेशीको छ ।

‘नेपालगन्ज उद्योग बाणिज्य संघको भदौ २ गते भएको आसन्न निर्वाचनमा महाचिवको पदमा निर्वाचन आयुक्तबाट बिजयी घोषणा गरेर जुलुस सहित घरमा पुगेका बिजयी उम्मेदवारलाई पुनः बोलाएर मत गणना गर्नु पर्ने भयो भनेर भन्दा कस्तो महसुस हुन्छ होला ?,’ संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले आपत्ति जनाउँदै सामाजिक संजालमा लेख्छन्, ‘आज बिहानदेखि प्रजातान्त्रिक प्यानलका टीमले निर्वाचन आयुक्तलगायतका टीमलाई बन्धक बनाएर राखिएको छ, यस्तो मानव अधिकार हनन् हुने गरि गरिएको कार्यप्रति घोर भ्रत्सर्ना गर्दछु ।’

पूर्व अध्यक्ष श्रेष्ठले निर्वाचन आयुक्त बाट घोषणा गरिएपछि चित्त नबुझे अदालतको बाटो खोज्नु पर्नेमा निर्वाचन आयुक्तलाई बन्धक बनाइनु कत्तिको उचित हो ? भन्ने प्रश्न समेत उठाएका छन् । उनले खबरकुरासंग कुरा गर्दै महासचिवका उम्मेदवार रानाभाट र उनको प्रतिनिधिको सहमति बिना गरिएको पुनः मतगणनाको निर्णय मान्य नहुने बताए ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  १ : ५० बजे

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन