७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमाथि अकारण हमला भइरहेको छ : उपमहासचिव पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् । पार्टी सम्वद्ध पेशागत जिल्ला समिति बैठकलाई सोमबार सम्बोधन गर्दै पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमाथि अकारण हमला भइरहेको बताए ।

यद्यपि सरकार जनताको साथ लिएर सबैखाले घेराबन्दी तोड्दै लक्ष्यमा अघि बढ्ने उनको भनाइ थियो । ‘राम्रो काम गर्दा हाम्रो अध्यक्षले नेतृत्व गर्नुभएको सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ’, पुनले भने, ‘हामी सबै घेराहरु तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौं ।’ उनले सरकारले पछिल्लो समय असल नियतका साथ अघि बढाएका लोकप्रिय काम नरोक्ने पनि उल्लेख गरे । वर्तमान सरकारले गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान थालेको पुनले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरुमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको उनले चर्चा गरे । सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिय अवस्थामा सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठेरोमा पार्ने प्रयास भएको उनको भनाइ थियो ।

राजनीति, प्रशासन र सुरक्षा संयन्त्रका राम्रा मानिसहरुमाथि एकैसाथ सुनियोजित आक्रमण भइरहेको भन्दै पुनले मुलुकमा कोही पनि राम्रा छैनन् र केही पनि राम्रो भएको छैन भन्ने भाष्य स्थापित गर्ने प्रयास भएको औंल्याए । आफ्नो पार्टीले विगतदेखि नै भ्रष्टाचार शून्य सामाज, उत्पादन मैत्री, विकास मैत्री संरचना र सामाजिक न्यायको पक्षमा भूमिका खेल्दै आएको दाबी गर्दै उनले सरकारमा हुँदा वा नहुँदा उक्त भूमिकाबाट बिमुख नहुने उल्लेख गरे ।

पुनले केन्द्रीय समितिको निर्णयअनुसार सुरु ‘घरघरभा माओवादी, जनजनमा माओवादी’, अभियानका क्रममा काठमाण्डौं उपत्यकामा रक्तदान, वृक्षरोपण तथा सफाई अभियान सञ्चालन गरिने बताए । यस्तै राणा शासनविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन, बहुदलीय व्यवस्था स्थापनाका लागि भएको २०४६ को जनआन्दोलन तथा माओवादी जनयुद्धका शहीद परिवार, घाइते तथा ती आन्दोलनमा योगदान गर्ने योद्धाहरुलाई सम्मान र राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरुलाई अभिनन्दन गरिने जानकारी दिए ।

पुन माओवादीको उपत्यका विशेष प्रदेश समितिका इन्चार्जसमेत हुन् । गाउँ र शहर, सम्पन्न र विपन्न, हुने र नहुनेबीचका विभेद अन्त्य गरी सबै बराबरी हुने व्यवस्था नै समाजवाद भएको टिप्पणी गरे ।

फरक प्रसंगमा उनले कृत्रिम बौद्धिकता विश्व मानव समुदायका लागि नयाँ चुनौती र अवसरका रुपमा आएकाले संसारभर रानजीतिक र आर्थिक प्रणालीमा ठूलो फेरदलको सम्भावना रहेको औंल्याए ।

कृत्रिम बौद्धिकताका कारण संयुक्त राज्य अमेरिकामा मात्र आगामी सन् २०३० सम्ममा १ करोड ३७ लाख मानिसले प्रत्यक्ष रोगजारीबाट हात धुनुपर्ने एक अध्ययनले देखाएको बताए । प्रविधिको यस प्रकारको अभूतपूर्व विकासको प्रभावबाट नेपालसहित तेश्रो विश्वका मुलुकहरु पनि मुक्त हुन नसक्ने पुनको भनाइ थियो ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ५ : ३२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज