१९ बैशाख २०८३, शनिबार | May 2, 2026

ओली अनुपस्थित भएपछि शीर्षनेताको बैठक स्थगन, टुंगिएन छानबिन समितिको मस्याैदा



काठमाडौं । राष्ट्रिय दल मान्यताप्राप्त पार्टीका शीर्षनेताहरुको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि शीर्षनेताहरुको बैठक स्थगन भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका लागि बोलाएको उक्त बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

बैठक नबसेसँगै सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय  समितिको विषयमा मस्यौदाले अन्तिम रुप पाउन सकेन । एमालेको मागअनुसार उच्चस्तरीय समिति गठन गर्न दलहरु सहमत भएका थिए । सोही सहमतिअनुसार मंगलबार समितिको मस्यौदालाई अन्तिम रुप दिने तयारी थियो ।

सिंहदरबारमा अरु नेता बैठकमा सहभागी हुन पुगे पनि ओली भने गएनन् । उनी बिरामीकाले बैठक उपस्थित हुन नसकेपछि अरु नेताहरु बैठकै नबसी हिँडेका थिए । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले गत १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले अध्यक्ष ओलीको अस्वस्थता र प्रधानमन्त्री र सभामुख प्रधानन्यायाधीशको शपथमा सहभागी हुन जानुपर्ने भएकाले बैठक बस्न नसकेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैठक बस्दै नबसी स्थगित भएको बताउँदै सञ्चारकर्मीहरुलाई शीर्ष नेताको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनु भएको बताए । उनले सम्भवतः रास्वपा अर्को बैठकमा सहभागी नहुने संकेत गरेका छन् ।

संसदको अवरोध खुलाउन भन्दै सोमबार बसेको सर्वदलीय बैठकले छानबिन समिति बनाउने निर्णय गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित तीन सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ५ : ४३ बजे

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित

सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित,

मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को