१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

ग्रीन भेन्चर्सको नाफा १९० प्रतिशतले बढ्यो



काठमाडौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्रीन भेन्चर्स लिमिडेटको नाफा ह्वातै बढेको छ । यसअवधिमा खुद नाफा १९०.३८ प्रतिशत ले बढेर ३१ करोड ९० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ९८ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने अम्दानी बढेकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो ।

असार मसान्तसम्ममा विद्युत् बिक्रीबाट हुने आम्दानी ६३.८६ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ४५ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ९४ करोड २५ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्ष ५६ करोड ४५ लाख १६ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी असारसम्म ९४ कोड २ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ १३ पैसाले बढेर १० रुपैयाँ २१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ २२ पैसा छ । चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ छ । जगेडा कोषमा २२ करोड ५५ लाख २५ हजार रुपैयाँ छ ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ४ : ५७ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’