२० मंसिर २०८२, शनिबार | December 6, 2025

ग्रीन भेन्चर्सको नाफा १९० प्रतिशतले बढ्यो



काठमाडौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्रीन भेन्चर्स लिमिडेटको नाफा ह्वातै बढेको छ । यसअवधिमा खुद नाफा १९०.३८ प्रतिशत ले बढेर ३१ करोड ९० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ९८ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने अम्दानी बढेकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो ।

असार मसान्तसम्ममा विद्युत् बिक्रीबाट हुने आम्दानी ६३.८६ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ४५ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ९४ करोड २५ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्ष ५६ करोड ४५ लाख १६ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी असारसम्म ९४ कोड २ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ १३ पैसाले बढेर १० रुपैयाँ २१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ २२ पैसा छ । चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ छ । जगेडा कोषमा २२ करोड ५५ लाख २५ हजार रुपैयाँ छ ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ४ : ५७ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति