१६ बैशाख २०८१, आइतबार | April 28, 2024

पश्चिम नेपालमा हजारौंको दाँत झारेका डा. निर्माण शाह



नेपालगन्ज । नेपालगन्जको बुलबुलियामा हुर्केका एउटा फुच्चे कुनैदिन पश्चिम क्षेत्रकै नामचलेको दाँतको डाक्टर बन्नेछन् भनेर कसैले सोँचेका थिएनन् । नेपालगन्जमा बसेर बाँकेको ढकेरीमा खेतीपाती गर्ने परिवारमा जन्मेका तीनै फुच्चे केटा यतीबेला नेपालको पश्चिम क्षेत्रकै (महसुर डेन्टिस) दाँतको डाक्टरकारुपमा कहलिएका छन् । पछिल्लो २ दशकदेखि नेपालन्जमा दाँत उपचारको पर्यायवाची बनेका तिनै कुनैबेलाका फुच्चे हुन् डा. निर्माण बहादुर शाह ।

नेपालगन्जको बुलबुललियामा जन्मेर त्यसैको पेरिफेरिमा हुर्केका निर्माणबहादुरले स्थानीय एमपी (मंगलप्रसाद) स्कुलबाट प्राथमिक शिक्षा प्राप्त गरेका हुन् । बुलबुलियाका रैथाने बासिन्दा तेजेन्द्र बहादुर शाह र उषा शाहका कान्छा छोराकारुपमा जन्मेका निर्माणले माद्यामीक तह भने भारतको लखनउबाट गरेका थिए । धनी किसान परिवारमा जन्मेका निर्माणले लखनउबाट मेट्रिक गरेर बैंगलोरबाट उच्च शिक्षा प्राप्त गरे । बैंगलोरकै किम्सबाट डेन्टल सर्जनको कोर्ष पनि पुरा गरे । १९९५ मा डेन्टल कोर्ष पुरा गरेपछि नेपालगन्जमा उनले दिन थालेको दाँतको सेवा अहिलेपनि निरन्तर जारी छ । उनका दाजु भने नेपाली सेनामा कार्यरत छन् ।

त्यसो त धनी परिवारमा जन्मेका निर्माणलाई अन्य विषयमा एमडी बन्ने, ईन्जिनियर वा डिग्री हासिल गर्नमा कुनै कमी थिएन । तर उनले नेपालगन्जमा सानै उमेरमा गुटखा, पान र सुर्ति खाएर दाँत ध्वस्त बनाएका धेरैं साथीहरुको सङ्गत गरेका कारण उनलाई डेन्टिस बन्न मन लाग्यो । तराईमा सानै उमेरमा प्रयोग हुने गुट्खा, पान र सुर्तीका कारण अधिकांस नागरिक दाँतको समस्यामा पर्ने गर्दछन् । निर्माणले पान र गुट्खाले दाँत बिग्रेका धेरैको समस्या नजिकैबाट देखेका थिए । उनलाई उच्च शिक्षामा अध्ययन गरिरहेकै बेला दाँतको डाक्टर बन्न मन लाग्यो र उनी दाँतकै विषयमा अध्ययन सुरु गरे ।

डाक्टर निर्माणले भने दुईवटा कारणले आफु डेन्टिस भएको बताउँछन् । पहिलो, उनले पढ्ने बेला नजिकै मेडिकल कलेजको ब्यवस्था नभएकाले बुवा आमाले उनलाई मेडिकल साईन्स पढाउन टाढा पठाउन नचाहेकाले अन्य विषयमा अध्ययन गर्न पाएनन् । दोस्रो, उनी आफैलाई दाँतको उपचारमा रुची भएकाले अन्य विषय पढ्न मन लागेन । घरको कान्छो छोरा भएकाले लामो समय बाहिर पढ्न नपठाउने अभिभावकको मनोभावनाकै कारण आफु डेन्टिस भएको उनले बताए ।

निर्माणले पढाई सकेर २०५५ सालमा लायन्स डेन्टल अस्पतालबाट सेवा दिन सुरु गरेका हुन् । १ वर्ष लायन्समा सेवा दिएका उनले एक वर्षकै अवधिमा नेपालगन्जमा निकै नाम कमाए । स्थानीय पनि भएकाले उनीसँग दाँतको उपचार गर्न आउनेको भिड नै लाग्न थाल्यो । त्यसै लोप्रियताका आधारमा उनी तत्कालिन भेरी अञ्चल अस्पतालको विकास समिति अन्तर्गत करारमा सेवा दिन सुरु गरे । ६ महिना करारमा काम गरे लगत्तै आन्तरिक परीक्षाबाट अस्थायी नियुक्ति लिएर ८ वर्ष बिताए । ८ वर्षपछि स्थायी भएका निर्माणले भेरीबाटै २४ वर्ष देखि अनवरत दाँतको सेवा दिइरहेका छन् ।

उनले सेवा सुरु गर्दा नेपालमा जनयुद्धले उच्च प्रभाव जमाइसकेको थियो । धेरै गाँउ बस्तीहरुमा राज्यको उपस्थिती शुन्य जस्तै बनेका थिए । सेना वा प्रहरी गाँउ जान विशेष सुरक्षा सहित कुनै बहाना बनाउनु पर्दथ्यो । तत्कालिन शाही सेनाको गाँउ पस्ने एउटा बहाना हुन्थ्यो स्वास्थ्य शिविर । सरकारी जागीरमा रहेका चिकित्सकहरु सेनाले राखेको शिविरमा जान अनिवार्य नै हुन्थ्यो । जनयुद्धको चरम प्रभावकै बेला स्वास्थ्य शिविर चलाएर उनले तत्कालिन मध्यपश्चिम र सुदुर पश्चिमका हजारौं नागरिकलाई दाँतको सेवा दिएका थिए । बाँके र बर्दियाका सबै गाँउहरुमा उनले दाँतको शिविर चलाएका थिए । खतरा मोलेर दाँतको शिविर चलाउन गाँउगाँउ पुगेपछि उनको लोकप्रियता अझै बढ्यो र उनीसंग उपचार गर्न बाँके बर्दिया मात्र होईन मध्य र सुदुरपश्चिमबाट समेत आउन थाले । उनको स्मरणमा अहिले सम्म पश्चिम क्षेत्रमा हजारौं नागरिकको त उनले दाँत झारिसकेका छन् ।

उनले गणतन्त्र आइसकेपछि पनि निरन्तर प्रजातन्त्र दिवसका अवसरमा कुनै न कुनै ग्रामिण बस्तीमा नि-शुल्क दाँतको शिविर राख्दै आएका छन् । कोरोनाको कारणले २ वर्ष नराखेको शिविर गत वर्ष देखि पुन थालेको उनले बताए । भेरी अस्पतालको साथसाथै उनले आफ्नो निजी नेपालगन्ज डेन्टल क्लिनिकबाट पनि सेवा दिने गर्दछन् । १० जना बढी डेन्टल प्राविधिकहरुले रोजगारी पाएको उनको क्लिनिकमा पनि विरामीको उत्तिकै भिड लाग्दछ ।

उनको अनुभवमा अहिले पनि पहाडको तुलनामा तराईका नागरिकमा दाँतको समस्या बढी छ । पहाडमा धेरैदिन सम्म दाँत नमाझ्ने समस्या रहेको छ भने तराईमा गुट्खा, पान, सुपारी र सुर्ती सेवन मुख्य समस्या रहेका छन् । कतिपयले दाँत माझ्ने तरीका नजानेर पनि दाँतको समस्या रहने गरेको उनले बताए ।

मधेसमा दाँते किरा, गिँजा र मुखको क्यान्सरको समस्या देखिने गरेको उनले बताए । पहाडमा भने ३-४ दिनको फरकमा दाँत माझ्ने र पाउडर प्रयोग गरेर दाँत माझ्ने गरिएकाले दाँतमा समस्या आउने गरेको उनले बताए ।

कसरी बच्ने दाँतको समस्याबाट ?

हरेक दिन दुईपटक ब्रस गर्ने, ब्रस गर्दा पाउडर प्रयोग नगरेर पेस्टको प्रयोग गर्ने, कम्तीमा ४ देखि ५ मिनेट ब्रस गर्ने तथा बच्चाहरुलाई राती सुत्नु अघि अनिवार्य ब्रस गराउन उनले सल्लाह दिन्छन् । गुट्खा, पान र सुर्ती सकेसम्म नखाने, विशेष गरि चप्कने पदार्थ नखाने गरेमा दाँतको समस्या कम हुने उनी बताउँछन् । दाँत माझ्दा प्रेसर दिएर दाँत माझ्न नहुने उनको सल्लाह छ ।

बालबालिकालाई चकलेट दिंदा दाँतमा नचप्कने चकलेटमात्र खान दिन पनि उनले सल्लाह दिन्छन । गुट्खा, चुरोट र सुर्तीले ‘सिनर्सिस्टिक ईफेक्ट’ हुने भएकाले त्यसैका कारण क्यान्सर हुन सक्ने डा. निर्माणले चेतावनी दिन्छन् ।

 

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ११ : ०० बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई