२९ भदौ २०८३, सोमबार | September 14, 2026

तिलोत्तमामा हुने जेसीज क्षेत्र ‘घ’ को सम्मेलनको तयारी पूरा



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको तयारी पूरा भएको छ ।

तिलोत्तमा जेसीजको आतिथ्यतामा यहि भदौको ८ र ९ गते मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुने सम्मेलनमा देशभरबाट करिब १ हजार जना विभिन्न प्रतिनिधिहरुको सहभागिता रहने सम्मेलनका उपनिर्देशक तथा तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष यादव भट्टराईले जानकारी दिए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र घ अन्तरगत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिब ५ सय प्रतिनीधि तथा पर्यवेच्छक, नेपाल जेसीज र अन्य शाखा तथा अतिथि समेतको सहभागिता रहने भएको छ ।

सम्मेलनमा तीन जना युवा नेताहरु स्पिकरको रुपमा तय गरिएको छ । जसमा नेपाली काँग्रेसका प्रदिप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिश झा र एमालेका ठाकुर गैरे उपस्थित हुने भएका छन् । उनका अनुसार सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने र प्यानल छलफल हुने तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश गौतमले जानकारी दिए । नेपालमै उत्कृष्ट नगरपालिकाको रुपमा पहिचान स्थापित गरेको नयाँ नगरपालिका तिलोत्तमामा थप सम्भावनाको खोजी र त्यसको प्रचारप्रसारको लागि पनि कार्यक्रम गर्न तिलोत्तमा जेसीज अग्रसर भएको उनको भनाई छ । त्यस्तै सम्मेलनमा आएका प्रतिनिधिहरुलाई तिलोत्तमा नगरपालिकाले गरेका राम्रा कामहरुको स्थलगत अवलोकन गराईने तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष विनोद सुवेदीले जानकारी दिए ।

सम्मेलनलाई सफल रुपमा सम्पन्न गर्नको लागि तिलोत्तमा जेसीजले तयारीका कामहरु करिब सम्पन्न गरेको महासचिव महेश शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार पत्राचार, सहभागिको दर्ता, आर्थिक व्यवस्थापन लगायतका तयारीका काम पूरा हुने चरणमा छन् ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ७ : ०२ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा