१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

तिलोत्तमामा हुने जेसीज क्षेत्र ‘घ’ को सम्मेलनको तयारी पूरा



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको तयारी पूरा भएको छ ।

तिलोत्तमा जेसीजको आतिथ्यतामा यहि भदौको ८ र ९ गते मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुने सम्मेलनमा देशभरबाट करिब १ हजार जना विभिन्न प्रतिनिधिहरुको सहभागिता रहने सम्मेलनका उपनिर्देशक तथा तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष यादव भट्टराईले जानकारी दिए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र घ अन्तरगत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिब ५ सय प्रतिनीधि तथा पर्यवेच्छक, नेपाल जेसीज र अन्य शाखा तथा अतिथि समेतको सहभागिता रहने भएको छ ।

सम्मेलनमा तीन जना युवा नेताहरु स्पिकरको रुपमा तय गरिएको छ । जसमा नेपाली काँग्रेसका प्रदिप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिश झा र एमालेका ठाकुर गैरे उपस्थित हुने भएका छन् । उनका अनुसार सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने र प्यानल छलफल हुने तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश गौतमले जानकारी दिए । नेपालमै उत्कृष्ट नगरपालिकाको रुपमा पहिचान स्थापित गरेको नयाँ नगरपालिका तिलोत्तमामा थप सम्भावनाको खोजी र त्यसको प्रचारप्रसारको लागि पनि कार्यक्रम गर्न तिलोत्तमा जेसीज अग्रसर भएको उनको भनाई छ । त्यस्तै सम्मेलनमा आएका प्रतिनिधिहरुलाई तिलोत्तमा नगरपालिकाले गरेका राम्रा कामहरुको स्थलगत अवलोकन गराईने तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष विनोद सुवेदीले जानकारी दिए ।

सम्मेलनलाई सफल रुपमा सम्पन्न गर्नको लागि तिलोत्तमा जेसीजले तयारीका कामहरु करिब सम्पन्न गरेको महासचिव महेश शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार पत्राचार, सहभागिको दर्ता, आर्थिक व्यवस्थापन लगायतका तयारीका काम पूरा हुने चरणमा छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ७ : ०२ बजे

भारतमा आँधीका कारण १४ जनाको मृत्यु

नयाँदिल्ली भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी

कोशीकी जसपा सांसद निर्मला लिम्बूद्वारा अशोक राईको पक्षमा सनाखत

विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा

नीति तथा कार्यक्रम अघि सभामुख र प्रमुख सचेतकहरुबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्यसचेतक र सचेतकहरुसँग

मोदीले गराए वाराणसी लोकसभा सिटबाट उम्मेदवारी दर्ता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका

मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित