९ श्रावण २०८३, शनिबार | July 25, 2026

एमालेले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिको सभापतिमा आफ्नो तर्फबाट उम्मेदवारी दिने प्रतिनिधि सभा सदस्य (सांसद)हरुको नाम टुंगो लगाएको छ ।

संसदीय समितिको सभापतिका लागि प्रमुख प्रतिपक्षी दल एमालेले सत्ता पक्षका दलहरुसँग सहमति गरेको छ । सत्ता पक्षसँगको सहमतिका आधारमा भागबण्डा मिलाएर एमालेले ३ वटा समितिको नेतृत्व पाएको छ ।

एमालेले पाएका तीन समिति सभापतिमा सार्वजनिक लेखा समितिको सभापति मोरङबाट निर्वाचित ऋषिकेश पोखरेलले उम्मेदवारी दिने भएका छन् । महिला तथा सामाजिक मामिला समितिको सभापतिको उम्मेदवार रौतहटबाट निर्वाचित किरणकुमार साहलाई बनाइने भएको छ ।

एमालेले पाएको अर्को समिति हो राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिको सभापतिका लागि एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ११ : ०० बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा