४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमालेले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिको सभापतिमा आफ्नो तर्फबाट उम्मेदवारी दिने प्रतिनिधि सभा सदस्य (सांसद)हरुको नाम टुंगो लगाएको छ ।

संसदीय समितिको सभापतिका लागि प्रमुख प्रतिपक्षी दल एमालेले सत्ता पक्षका दलहरुसँग सहमति गरेको छ । सत्ता पक्षसँगको सहमतिका आधारमा भागबण्डा मिलाएर एमालेले ३ वटा समितिको नेतृत्व पाएको छ ।

एमालेले पाएका तीन समिति सभापतिमा सार्वजनिक लेखा समितिको सभापति मोरङबाट निर्वाचित ऋषिकेश पोखरेलले उम्मेदवारी दिने भएका छन् । महिला तथा सामाजिक मामिला समितिको सभापतिको उम्मेदवार रौतहटबाट निर्वाचित किरणकुमार साहलाई बनाइने भएको छ ।

एमालेले पाएको अर्को समिति हो राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिको सभापतिका लागि एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ११ : ०० बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा