१२ पुस २०८२, शनिबार | December 27, 2025

कांग्रेसले टुंगो लगायो चार संसदीय समितिमा सभापतिका उम्मेदवार



काठमाडौं । सत्तारुढ गठबन्धनको दल नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका लागि आफ्नो दलबाट उम्मेदवार हुने प्रतिनिधि सभा सदस्य (सांसद)हरुको नाम टुंगो लगाएको छ ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी एमालेबीच भएको सहमतिअनुसार कांग्रेसले ४ वटा समितिको नेतृत्व पाउने पक्का छ । जसअनुसार कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडाको नाम टुंग्याएको छ । यस्तै, संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा जीवन परियार, कृषि समितिको सभापति आरजु राणा र अर्थ समितिको सभापतिमा सन्तोष चालिसेको नाम टुंग्याएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषयगत समितिका सभापतिको निर्वाचन सोमबार दिउँसो ३:०० बजेका लागि निर्धारण गरेको घोषणा गरेको थियो । जसअनुसार आज (आइतबार) सभापतिका उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।

आज (आइतबार) बिहान ११:०० देखि दिउँसो ४:०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।

यसपटक संयुक्त समिति २ र प्रतिनिधि सभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेस ४, नेकपा (माओवादी केन्द्र) २, नेकपा (एमाले) ३, नेकपा (एकीकृत समाजवादी) १, जनमत पार्टीको १ सिटमा दाबी रहेको विषय सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ११ : १० बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको