१८ माघ २०८२, आइतबार | February 1, 2026

एनएमबि बैंकका ग्राहकलाइ भुमहीको नेचर रे रिभर भिउ रिसोर्टमा २० प्रतिशत छुट



सुनवल । एनएमबि बैंक लिमिटेड र नवलपरासीको सुनवल भुमही स्थित नेचर रे रिभर भिउ रिसोर्ट बीच एक सम्झौता भएको छ । सम्झौता अनुसार एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले रिसोर्टबाट प्रदान गरिएको सेवामा रिसोर्टको मेनुमा राखिएको मुल्यमा २० प्रतिशत सम्म छुट पाउने भएका छ्न् ।

सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकले रिसोर्टबाट एकोमोडेसनमा २० प्रतिशत, रेस्टुरेन्ट फुड आइटममा १५% र वेवरेज आइटममा १०% छुट पाउनेछन् । सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र नेचर रे रिभर भिउ रिसोर्टका डाइरेक्टर जानकी लक्ष्मी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंक लिमिटेड सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र रिसोर्टका ब्यवस्थापक कृष्ण नारायण श्रेष्ठले सो हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका छन् । यो सम्झौता एक वर्षको लागि हुने र दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने उल्लेख गरिएको छ ।

सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोलेका सेवाग्राही लाभान्वित हुने बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताए । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ ।

भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  ७ : ४५ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका