२३ बैशाख २०८३, बुधबार | May 6, 2026

एनएमबि बैंकका ग्राहकलाइ भुमहीको नेचर रे रिभर भिउ रिसोर्टमा २० प्रतिशत छुट



सुनवल । एनएमबि बैंक लिमिटेड र नवलपरासीको सुनवल भुमही स्थित नेचर रे रिभर भिउ रिसोर्ट बीच एक सम्झौता भएको छ । सम्झौता अनुसार एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले रिसोर्टबाट प्रदान गरिएको सेवामा रिसोर्टको मेनुमा राखिएको मुल्यमा २० प्रतिशत सम्म छुट पाउने भएका छ्न् ।

सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकले रिसोर्टबाट एकोमोडेसनमा २० प्रतिशत, रेस्टुरेन्ट फुड आइटममा १५% र वेवरेज आइटममा १०% छुट पाउनेछन् । सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र नेचर रे रिभर भिउ रिसोर्टका डाइरेक्टर जानकी लक्ष्मी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंक लिमिटेड सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र रिसोर्टका ब्यवस्थापक कृष्ण नारायण श्रेष्ठले सो हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका छन् । यो सम्झौता एक वर्षको लागि हुने र दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने उल्लेख गरिएको छ ।

सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोलेका सेवाग्राही लाभान्वित हुने बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताए । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ ।

भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  ७ : ४५ बजे

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली