१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा (फोटो फिचर)



बुटवल । पाँच राजनीतिक दल सम्बद्ध समाजवादी मोर्चा नेपालको बुटवलमा आयोजित सन्देश सभा सुरु भएको छ ।

सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शिर्ष नेताहरु सम्बोधन गर्दैछन् ।

सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवको उपस्थित रहेको  छ  ।

सभालाई सम्बोधन गर्दै बोल्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले अहिलेको सरकारलेपहिलो पटक जनताको वाहावाही पाएको बताउँदै शंकाको सुबिधा दिएर प्रचण्डबाट जनताले ठूलो आशा गरेको बताए । कुनैदिन प्रचण्डको नामले डराउने सामन्तहरू अहिले प्रचण्डलाई जनयुद्धका बारेमा प्रश्न गरिरहेको उनको भनाई थियो ।

यस्तै जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर यादवले सम्बोधन गर्दै जनतामा अझै परिवर्तन हुन नसकेको बताएका छन्।

देशमा रहेको तमाम विभेदको अन्य गर्दै समतावादी समाजको निर्माणका लागि मोर्चा गठन भएको उनले बताए । उनले विश्व राजनीति पुंजीबादले गाँजेको अवस्थामा देशमा रहेको असमानताको अन्त्य गर्नु जरूरी रहेको बताए ।

बुटवलको रामनगर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी सम्मेलनमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

फोटो फिचर

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  २ : २३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा