७ आश्विन २०८३, बुधबार | September 23, 2026

क्रान्तिकारीहरु विभाजित भएको मौका पारेर प्रतिक्रान्तिकारीहरु संगठित भए : प्रचण्ड



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डले प्रत्येक क्रान्तिको विकास प्रतिक्रान्तिको जन्म दिँदै अगाडि बढ्ने बताएका छन् ।

समाजवादी मोर्चाको लुम्बिनी प्रदेशको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले क्रान्तिको माध्मले सत्ताबाट गुल्टिएकाहरू प्रतिक्रान्तिका लागि फेरि संगठित भएर उठेको बताए । क्रान्तिकारीहरू बिभाजित भएको देखेर प्रतिक्रान्तिकारीहरू क्रान्तिलाई बदनाम गराउँदै प्रतिगमन तर्फ उन्मुख भएको उनले बताए ।

कम्युनिष्ट आन्दोलन भित्रका बादहरू विवादमा पुग्दा समाजवादी मोर्चाको आवश्यकता भएको उनले बताए । नेपालमा गणतन्त्र र संबिधासभाको निश्कर्ष चुनवाङ बैठकले नै गरेको स्मरण प्रचण्डले गरे । ‘गणतन्त्र जनताको हुने कि सामन्तको ? गणतन्त्र गरिव र श्रमिकको हुने कि दलाल पुँजिपतिको ? त्यही बहसबाट समाजबादी मोर्चाको जन्म भएको हो ।’ उनले भने ।

प्रतिक्रियावादीको दुस्साहसको अन्त्य गर्न शक्ति संचय आवश्यक रहेको उल्लेख गर्दै त्यही शक्ति संचय गर्न मोर्चा गठन गरिएको प्रचण्डको भनाई छ ।

आफू प्रधानमन्त्री भएपछि पनि आफू विरूद्ध दुईवटा मुद्दा दर्ताको प्रयास गरिएको बताउँदै त्यो मुद्दा प्रचण्ड विरूद्धको मात्र नभएर जनयुद्ध बिरूद्ध रहेको उनले टिप्पणी गरे ।

जनआन्दोलन, जनयुद्ध र मधेस आन्दोलनको संयोजन समाजवादी मोर्चा भएको दाबी गर्दै यश बाहेकका नेताहरू नक्कली भएको उनले आरोप लगाए । उनले एमाले अध्यक्ष केपी ओली तर्फ लक्षित गर्दै संविधान कुल्चने र संसद बिघठन गर्नेहरू जनताका नेता हुन नसक्ने ठोकुवा गरे । प्रचण्डले समाजवादी मोर्चाले छिटै सडकमा लाखौं जनता उतारेर समाजवादको मोडेल देखाउने घोषणाा पनि गरे । परिवर्तन पक्षधरहरू मोर्चामा बाहेक अन्त जाने ठाउँ नभएको उनले बताए । सुशासनको लागि एक पछि अर्को कदम चालिएको भन्दै उनले भने, ‘हेर्दै जानू होला अझै के के हुन्छ, हेर्न बाँकी छ ।’

प्रचण्डका राम्रा कामहरू नभनिने गरेको गुनासो गर्दै उनले आफुहरूले गरेका कामहरूको आफ्नौ पार्टी र मोर्चा अवद्ध दलहरुबाट ‘गर्जेर’ भन्न नसकेको उनले बताए । सरकारमा टिक्न जे पनि गर्छ कि भन्ने भ्रम नराख्न उनले सबैलाई आग्रह गरे । विप्लवले भने जस्तै सरकारबाट आफुले लडाई सुरू गरेको जनाउँदै आफुले सरकार छाड्दा जनतामा सन्देश जानेगरि छाड्ने उनले बताए । यस अघि सभामा विप्लवले सरकार सदन र सडक तीनवर्ट मोर्चाबाट समाजवादी मोर्चाको संघर्ष हुनु पर्ने बताएका थिए ।

नेपालको राष्ट्रियता र स्वाधिनतनको रक्षाका निम्ति आफ्नो लडाई जारी रहेको बताउँदै एमसीसीका बारेमा पनि आफुलाई विश्वास गर्न उनले मोर्चा आवद्ध दलहरूलाई आग्रह गरे । उनले १२ बुंदे ब्याख्यात्मक घोषणा आफुले स्पष्ट भाषामा राख्ने बताउँदै बाँकी कदम मोर्चामा सल्लाह गरेर निकास दिने उनले बताए ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ४ : ४७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११