२९ मंसिर २०८२, सोमबार | December 15, 2025

चाडपर्वमा बिदेशबाट घर फर्कनेहरुले ल्याएको घरयासी सामानबाट भन्सार असुल्ने काम बन्द गर : रामकृष्ण खाँण



बुटवल । नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले भारत सहित बैदेशीक रोजगारीबाट फर्केका नेपालीहरुबाट घरयासी प्रयोजनका लागि ल्याएका सामानमा भन्सार असुली नगर्न माग गरेका छन् । मेयर खाँणले रोगजगारीको लागि भारत गई घर फर्कने नेपालीलाई १०० रुपैयाँ भन्दा बढीको समानको आयातको अर्थ लगाई दुःख दिनु गलत भएको बताएका छन् ।

चाड पर्वहरु नजिकिदै गर्दा रोजगारीको शिलसिलामा विदेशबाट घर फर्कनेको संख्या हरेक वर्ष जस्तै यो वर्ष पनि अब बढ्दो रहेको उल्लेख गर्दै भारत लगायतका तेश्रो मुलुकमा रोजगारीको शिलशिलामा गएर घर फर्कदा घर परिवारका लागि चाहिने सिमित अत्यावश्यक बस्तु ल्याउदा समेत १०० रुपौयाँ भन्दा बढिको माल बस्तु आयातको भन्सार लगाइ राजश्व असुली गर्नु कदापी स्विकार्य नहुने उनले बताएका छन् ।

नगर प्रमुख खाँणले आज एक विज्ञप्ति प्रकाशित गर्दै बेलहिया लगायतका भन्सार कार्यालयहरुबाट चोरी पैठारी र न्यून विजकिकरणमा अपनाइएको सावधानी र सतर्कताको कारण स्थानिय बजारको ब्यापारमा आएको सुधार र राजश्वको सकारात्मक बढोत्तरीले केही आशा लाग्दो परिस्थितिको संकेत देखा परेकोमा खुशि व्यक्त गरेका छन् ।

‘पछिल्लो केही महिना यता देखि नेपाल भारत सिमामा रहेका बेलहिया लगायतका भन्सार कार्यालयहरुबाट चोरी पैठारी र न्यून विजकिकरणमा अपनाइएको सावधानी र सतर्कताको कारण स्थानिय बजारको ब्यापारमा आएको सुधार र राजश्वको सकारात्मक बढोत्तरीले केही आशा लाग्दो परिस्थितिको संकेत गरेको छ । व्यवसायिक प्रयोजनका लागि हुने चोरी पैठारी र निकासीले स्थानिय र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकुल असर गर्दछ भन्ने तथ्यलाइ मनन गर्दै सरकार र सम्बन्धित निकायबाट भएका प्रयासको स्थानिय सरकार र जनस्तरबाट समेत साथ र समर्थन रहदै आएको छ ।’–उनले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  १० : २५ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ