१० चैत्र २०८२, मंगलबार | March 24, 2026

चाडपर्वमा बिदेशबाट घर फर्कनेहरुले ल्याएको घरयासी सामानबाट भन्सार असुल्ने काम बन्द गर : रामकृष्ण खाँण



बुटवल । नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले भारत सहित बैदेशीक रोजगारीबाट फर्केका नेपालीहरुबाट घरयासी प्रयोजनका लागि ल्याएका सामानमा भन्सार असुली नगर्न माग गरेका छन् । मेयर खाँणले रोगजगारीको लागि भारत गई घर फर्कने नेपालीलाई १०० रुपैयाँ भन्दा बढीको समानको आयातको अर्थ लगाई दुःख दिनु गलत भएको बताएका छन् ।

चाड पर्वहरु नजिकिदै गर्दा रोजगारीको शिलसिलामा विदेशबाट घर फर्कनेको संख्या हरेक वर्ष जस्तै यो वर्ष पनि अब बढ्दो रहेको उल्लेख गर्दै भारत लगायतका तेश्रो मुलुकमा रोजगारीको शिलशिलामा गएर घर फर्कदा घर परिवारका लागि चाहिने सिमित अत्यावश्यक बस्तु ल्याउदा समेत १०० रुपौयाँ भन्दा बढिको माल बस्तु आयातको भन्सार लगाइ राजश्व असुली गर्नु कदापी स्विकार्य नहुने उनले बताएका छन् ।

नगर प्रमुख खाँणले आज एक विज्ञप्ति प्रकाशित गर्दै बेलहिया लगायतका भन्सार कार्यालयहरुबाट चोरी पैठारी र न्यून विजकिकरणमा अपनाइएको सावधानी र सतर्कताको कारण स्थानिय बजारको ब्यापारमा आएको सुधार र राजश्वको सकारात्मक बढोत्तरीले केही आशा लाग्दो परिस्थितिको संकेत देखा परेकोमा खुशि व्यक्त गरेका छन् ।

‘पछिल्लो केही महिना यता देखि नेपाल भारत सिमामा रहेका बेलहिया लगायतका भन्सार कार्यालयहरुबाट चोरी पैठारी र न्यून विजकिकरणमा अपनाइएको सावधानी र सतर्कताको कारण स्थानिय बजारको ब्यापारमा आएको सुधार र राजश्वको सकारात्मक बढोत्तरीले केही आशा लाग्दो परिस्थितिको संकेत गरेको छ । व्यवसायिक प्रयोजनका लागि हुने चोरी पैठारी र निकासीले स्थानिय र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकुल असर गर्दछ भन्ने तथ्यलाइ मनन गर्दै सरकार र सम्बन्धित निकायबाट भएका प्रयासको स्थानिय सरकार र जनस्तरबाट समेत साथ र समर्थन रहदै आएको छ ।’–उनले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  १० : २५ बजे

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन