७ श्रावण २०८३, बिहिबार | July 23, 2026

तिलोत्तमा अपडेट : गठबन्धनका उम्मेदवार खाँणले लिए अग्रता



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा अग्रता बढाएका एमाले उम्मेदवार मोहन चापागाईलाइ पछि पार्दै गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँण अगाडि पुगेका छन् ।

हिजो साझसम्म अग्रता लिइरहेका एमाले उम्मेदवार मोहन चापागाईंलाइ पछि पार्दै गठबन्धनका उम्मेदवार रामकृष्ण खाँण अगाडि पुगेका हुन् ।

गणना भएको २८ हजार २ सय ७१ मतको परिणाम सार्वजनिक हुँदा गठबन्धनका खांणले १० हजार ९ सय ६६ मत प्राप्त गर्दा एमालेका चापागाईले १० हजार ८ सय ८८ मत प्राप्त गरेका छन् । खाँण भन्दा चापागाई ७८ मतले पछाडि परेका छन् ।

उप प्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर बढीको अर्थात ५ हजार ३ सय ५१ मतले अगाडी छन् । एमालेकी जागेश्वरीदेवि चौधरीले १० हजार ५ सय ७८ मत पाउदा उनका निकटतम प्रतिद्धन्धी गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेको गोलाकार भित्र हँसिया हथौडामा ५ हजार २ सय २७ मत प्राप्त भएको छ ।

तिलोत्तमा नगरपालिकामा हाल सम्म वडा नं १, २, ३ १५,१६र १७ नं वडाको अन्तिम परिणाम आई सकेको छ । ति वडा मध्ये वडा नं १ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ भने वडा नं २,३ १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ९ : ३४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी